रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापको दुई नगरपालिका र ६ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको लागि उमेदवारी दर्ता भएको छ । रामेछापमा मुख्यतः एमाले कांग्रेस अनि माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिका, खाँडादेवी, गोकुलगङ्गा र लिखुतामाकोसी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरी मनोनयन दर्ता गराएका छन् । यस्तै सुनापति गाउँपालिलकामा माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टा छुट्टै मनोनयन दर्ता गराएका छन् भने दोरम्बा सैलुङ गाउँपालिकामा एकीकृत समाजवादीले जनता समाजवादीसँग गठबन्धन गरेको छ । यस्तै उमाकुण्ड गाउँपालिकामा वडा अध्यक्षहरुमा सहमति गरेर माओवादी केन्द्रलाई सहयोग गर्ने गरी एकीकृत समाजवादीले अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएन ।
यी हुन् रामेछापका ८ पालिकाका प्रमुख तथा उपप्रमुख उम्मेदवारहरु
१. मन्थली नगरपालिका
कांग्रेस : प्रमुख बिनोद कार्की, यशोदा श्रेष्ठ
एमाले : प्रमुख लबकुमार श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत
माओवादी केन्द्र–समाजवादी : प्रमुख दिपक प्रसाई (मओवादी), उपप्रमुख कृष्णबहादुर थापा(एकीकृत साजवादी)
२ . रामेछाप नगरपालिका
एमाले : प्रमुख रोशन पाख्रीन, उपप्रमुख सीता केसी
कांग्रेस : प्रमुख लवश्री न्यौपाने, उपप्रमुख सुशिला लामा
माओवादी केन्द्र–एकीकृत समाजवादी ः प्रमुख नरेशबाबु श्रेष्ठ (मओवादी), उपप्रमुख ढालबिक्रम कार्की (एकीकृत साजवादी)
३. खाँडादेवी गाउँपालिका
एमाले : अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ
काँग्रेस : अध्यक्ष नवराज थोकर, उपाध्यक्ष चण्डिका उप्रेती
माओवादी केन्द्र–एकीकृत समाजवादी : अध्यक्ष श्यामकृष्ण श्रेष्ठ (समाजवादी), उपाध्यक्ष मानबहादुर तामा (माओवादी)
४ . सुनापति गाउँपालिका
एमाले : अध्यक्ष ज्ञानकुमार योञ्जन, उपाध्यक्ष रिता गौतम
कांग्रेस : अध्यक्ष कमान खड्का (दिपेन्द्र), उपाध्यक्ष शान्ति मोक्तान
माओवादी केन्द्र : अध्यक्ष ठूलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट
एकीकृत समाजवादी : अध्यक्ष लालसिङ घिसिङ, उपाध्यक्ष सरिता खाती
५. दोरम्बा सैलुङ गाउँपालिका
एमाले : अध्यक्ष टंक चौलागाईं, उपाध्यक्ष मुना कंडेल (थापामगर )
कांग्रेस :अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष खमला थापामगर
माओवादी केन्द्र : मैनकुमार मोक्तान(मदन), उपाध्यक्ष देउकुमारी थापामगर
जनता समाजवादी र एकीकृत समाजवादी : अध्यक्ष ओमविक्रम लामा (एकीकृत समाजवादी)
६. उमाकुण्ड गाउँपालिका
एमाले : अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष गङ्गा कार्की
कांग्रेस : अध्यक्ष जितबहादुर कटुवाल, उपाध्यक्ष सावित्री सुनुवार
माओवादी केन्द्रः अध्यक्ष लक्ष्मी बस्नेत , उपाध्यक्ष अनन्त खड्का
७. गोकुलङ्गा गाउँपालिका
एमाले : अध्यक्ष खड्गबहादुर सुनुवार, उपाध्यक्ष राधिका श्रेष्ठ
कांग्रेस : अध्यक्ष काजीबहादुर खड्का (निदेश), उपाध्यक्ष उषा वस्नेत कार्की
माओवादी केन्द्र–एकीकृत समाजवादीः अध्यक्ष रुद्रप्रसाद फुयाल , उपाध्यक्ष विष्णुबहादुर कार्की( माओवादी)
८. लिखुतामाकोसी गाउँपालिका
एमाले : अध्यक्ष कमल कडरिया, उपाध्यक्ष दीपा पाख्रिन
कांग्रेस : अध्यक्ष केशव महत, उपाध्यक्ष सरस्वती गुरुङ
माओवादी केन्द्र–एकीकृत समाजवादीः अध्यक्ष नवराज पौडेल(एकीकृत समाजवादी), उपाध्यक्ष धुब्रकुमार कार्की ( माओवादी)
यी हुन् रामेछापका आठ पालिकाका मुख्य प्रतिस्पर्धीहरु
- प्रकाशित मिति: मंगलबार, बैशाख १३ २०७९
- तामाकोशी