नयाँ वर्षको अवसरमा दोरम्बा सैलुङ साँस्कृतिक महोत्सव हुने

  • प्रकाशित मिति: सोमबार, चैत्र २८ २०७८
  • तामाकोशी

रामेछाप । नयाँ वर्ष २०७९ सालकोे अवसरमा रामेछापमा दोरम्बा सैलुङ साँस्कृतिक महोत्सव २०७८ हुने भएको छ । दोरम्बा सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा रामेछाप साँस्कृतिक कलाकार समाज दोरम्बा सैलुङ गाउँपालिका कार्यसमितिले साँस्कृतिक महोत्सव गर्न लागेको हो ।
रामेछाप जिल्ला र दोरम्बा सैलुङसँग जोडिएका विविध धार्मिक, साँस्कृतिक, सामाजाजिक तवरले ऐतिहासिक पर्यटकिय गन्तव्य स्थल दोरम्बा शैलुङ र त्यहाँको वस्तुस्थिति, भाषा, कला र संस्कृतिलाई उजागर गर्ने उद्देश्यले दोरम्बा सैलुङ साँस्कृतिक महोत्सव गर्न लागिएको रामेछाप साँस्कृतिक कलाकार समाज अध्यक्ष कुमार कार्कीले बतउनुभयो ।
उहाँका अनुसार दोरम्बा सैलुङ गाउँपालिका वडा नं २ दोरम्बा बजारमा चैत ३० र वैशाख १ गते दुईदिन चल्ने महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सेलो तथा लोकदोहोरी कलाकारहरुको बेजोड प्रस्तुती सहित स्थानीय साँस्कृतिक झाँकीहरु पनि देखाइने छ । साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको समेत अध्यक्ष कार्कीले बताउनुभयो ।