अहिलेको सत्ता साझेदार गठबन्धनका सवै दल नेपाली काँग्रेस नै हुन् : कैलाश ढुंगेल

  • प्रकाशित मिति: सोमबार, चैत्र ७ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमालेको केन्द्रीय सदस्य कैलाश प्रसाद ढुंगेलले अहिलेको सत्ता साझेदार गठबन्धनका सवै दल नेपाली काँग्रेस भएको बताउनुभएको छ । नेकपा एमाले मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँको वडा कार्यलय उद्घाटन र वडा भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । एमाले रामेछापका ईन्चार्ज समेत रहनुभएका ढुंगेलले अहिलेको गठबन्धनमा एमालेको खोल ओढेर भ्यागुताको जस्तो पानीमा पनि बस्ने र जमिनमा पनि बस्ने चरित्रहरु भएकाहरुले सघाईरहेको र उनीहरुले एमालेको विरुद्धमा विभिन्न कुराहरु गरिरहेको बताउनुभयो । एमालेका विरुद्धमा जति नै लागेपनि नेकपा एमाले जनतामा विश्वास गर्ने पार्टी भएकाले अहिलेको गठबन्धन र त्यभित्रका भ्यागुते चरित्र देखाउँनेहरुले केही गर्न नसक्ने उहाँको भनाइ छ । अहिल जहाँ नेपाली त्यही एमाले भएकाले अवको निर्वाचनमा गठबन्धनलाई जनताले भोट मार्फत नाङ्गेझार बनाइदिने उहाँको भनाइ छ । अहिले एमाले जनताको जिउने आधार बनेकाले यो पार्टीप्रतिको जनताको विस्वास कहिल्यै नमर्ने उहाँले बताउनुभयो । कार्यक्रममा एमाले बाग्मती प्रदेशका सदस्य लवकुमार श्रेष्ठ, ध्रुबकुमार कार्की, जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठ,उपसचिव प्रकाश कुमार कार्की, मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे लगायतले बोल्नुभएको थियो ।