रामेछाप । रामेछाप जिल्लामा दश बर्षको अवधिमा ३२ हजार जनसङ्ख्या घटेको छ । २०६८ सालको जनगणना अनुसार जिल्लाका दुई लाख २६ हजार ४६ जनसङ्ख्या रहेकोमा दश बर्षको अवधिमा ३२ हजार जनसङ्ख्या घटेर एक लाख ७० हजार ६२० मा झरेको छ ।
केन्द्रीय तथ्याङ्क विभागकले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लामा पुरुषको भन्दा महिलाको जनसङ्ख्या बढी छ । प्रारम्भिक तथ्याङक अनुसार जिल्लामा पुरुषको जनसङ्ख्या ८० हजार ७७८ र महिलाको जनसङ्ख्या ८९ हजार ८४२ रहेको छ ।
तथ्याङ्क अनुसार जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सवैभन्दा बढी २१ हजार ६६१ महिला र १८ हजार ९६७ जना पुरुष गरी ४० हजार २३० र सुनापति गाउँपालिकामा सवै भन्दा कम ७ हजार ६८४ महिला र ६ हजार ९३२ पुरुष गरी १४ हजार ६१६ जनसङ्ख्या छ ।
त्यसैगरी जिल्लाको लिखुतामाकोसी गाउँपालिकामा ९ हजार ९७३ महिला र ८ हजार ७०२ पुरुष गरी १८ हजार ६७५, गोकुलगङ्गा गाउँपालिकामा ९ हजार ५३७ महिला र ८ हजार ८२६ पुरुष गरी १८ हजार ३६३ जनसङ्ख्या छ ।
यस्तै, खाँडादेवी गाउँपालिकामा १० हजार २०७ महिला र ९ हजार १७४ पुरुष गरी १९ हजार ३८१, दोरम्बा सैलुङ गाउँपालिकामा ९ हजार ४०० महिला र ८ हजार १२९ पुरुष गरी १७ हजार १२९ र उमाकुण्ड गाउँपालिकामा ८ हजार ४९० महिला र ८ हजार २१९ पुरुष गरी १६ हजार ७०९ जनसङ्ख्या छ ।
तथ्याङ्क अनुसार जिल्लाको लैङ्गीक अनुपात ८९ दशमलव ९१ प्रतिशत रहेको छ । जिल्लाको जनसङ्ख्या वृद्धिदर १ दशमलव ६५ प्रतिशत रहेको छ ।
रामेछापमा १० बर्षमा ३२ हजार जनसङ्ख्या घट्यो (कुन पालिकामा कति?)
- प्रकाशित मिति: बिहिबार, माघ १३ २०७८
- तामाकोशी