एमाले जिल्ला अधिवेशन : रामेछापमा उपाध्यक्ष, सचिव, उप-सचिव लगायतका पदमा निर्वाचन 

  • प्रकाशित मिति: आइतबार, पुष २५ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्षमा आनन्द कुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । अध्यक्षका लागि श्रेष्ठ सहित जिल्ला कमिटीका उपाध्यक्ष प्रेमबहादुर तामाङ र उप–सचिव झम्क कडेंलले पनि उम्मेदवारी दर्ता गराउनुभएको थियो । तर आइबार दिउँसो तामाङ र कडेंल दुवै जनाले उम्मेदवारी फर्तालिएपछि श्रेष्ठ सर्वसम्मत एमाले रामेछापको सर्वसम्मत अध्यक्ष हुनुभएको हो । अध्यक्ष सर्वसम्मत भएपनि उपाध्यक्ष, सचिव, उपसचिव, भूगोल, खुल्ला, जनजाति, दलित सदस्यमा भने निर्वाचन सुरु भएको निर्वाचन अधिकृत नवराज पथिकले बताउनुभयो । उहाँका अनुसार एमाले रामेछापको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, रमेश वाग्ले, ध्रुबकुमार कार्की, सुमन कुमार लामा प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै,सचिवमा पुरुषोत्तम कडरिया, गोपाल श्रेष्ठ र दुर्गा श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ भने उप–सचिवमा प्रकाशकुमार कार्की, चन्द्र बहादुर मानन्धर, केशवकुमार प्रधान र होतराज ढकाल प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन अधिकृत घिमिरेका अनुसार महिला सदस्य भने सर्वसम्मत भएका छन् । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा, विभिन्न विभाग र जनवर्गीय सङ्गठनबाट गरी आठ सय १४ जना मतदाता रहेका छन् ।