रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले नेपालमा राष्ट्रवादको नेतृत्व गर्ने पार्टी नेकपा एमाले मात्र भएको बताउनुभएको छ । नेकपा एमाले रामेछापको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै नेता ढुंगेलले नेपाललाई भूजडित देश बनाउने काम एमाले र त्यसका अध्यक्ष केपी ओलीले गर्नुभएकोे बताउनुभयो । आज नेपालले प्राप्त गरेको चुच्चे नक्सा पनि एमालेकै कारण प्राप्त भएको उहाँले दाबी गर्नुभयो । ज्यूँदो नेतृत्व हुँदा देशले के गर्न सक्छ भन्ने कुरा केपी ओलीले देखाएको ढुंगेलले बताउनुभयो । केपी ओलीले जनताको मरेका सपना ब्युँझाउने काम गरेको उहाँको भनाइ छ ।