रामेछाप । नेकपा एमाले रामेछाप नेता कमल चौलागाई पोलिटब्यूरो सदस्यमा मनोनित हुनुभएको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको ८० जना पोलिटव्यूरो सदस्यहरुको नामावलीलाई बैठकले अनुमोदन गरेसँगै चौलागाई पोलिटब्यूरो सदस्य बन्नुभएको हो । यस्तै, एमालेको केन्द्रीय सदस्यमा रामेछापकी नेतृ गीता कार्की पनि मनोनित हुनुभएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गर्नुभएको थियो । जसमा नेतृ कार्की पनि पर्नुभएको हो । अध्यक्ष ओलीको प्रस्ताव बमोजिम सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरिसकेको छ ।
एमाले रामेछापका नेता चौलागाई पोलिटब्यूरो सदस्यमा मनोनित
- प्रकाशित मिति: आइतबार, मंसिर २६ २०७८
- तामाकोशी