रामेछाप । नेकपा एमाले रामेछापले जिल्लामा सङ्गठित सदस्यको सङ्या १२ हजार ६६२ जना पुर्याएको छ । एमाले रामेछापले सङ्गठित सदस्यको सङ्ख्या दश हजार पुर्याउने लक्ष्य लिए पनि लक्ष्य भन्दा साढे दुई हजार बढी सदस्य थपेको एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले बताउनुभयो ।
हाल कायम भएको सङ्गठित सदस्यबाट मधिवेशनको लागि जिल्लाबाट केन्द्रीय प्रतिनिधि चयन गर्नेछ । प्रचार विभाग प्रमुख कार्कीका अनुसार जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पुरानो ६३३ र नयाँ एक हजार १२६ जना गरी एक हजार ७६० जना, गोकुलगङ्गा गाउँपालिकामा पुरानो ४१७ र नयाँ ७५४ जना गरी एक हजार १७१ जना, खाँडादेवी गाउँपालिकामा पुरानो ८१५ र नयाँ दुई हजार ८८ जना गरी दुई हजार ९०३ जना सङ्गठित सदस्यको बनाएको छ ।
यस्तै लिखुतामाकोसी गाउँपालिकामा पुरानो ४५० र नयाँ ९५७ जना गरी एक हजार ४०७ जना ,मन्थली नगरपालिकामा पुरानो ९९२ र नयाँ एक हजार ४८१ जना नयाँ गरी दुई हजार ४८४ जना, रामेछाप नगरपालिकामा पुरानो २६२ र नयाँ ५०६ गरी ७७८ जना , सुनापति गाउँपालिकामा पुराना ३९६ र नयाँ ८८९ जना गरी एक हजार २८५ जना र उमाकुण्ड गाउँपालिकामा पुरानो २५४ र ६२० नयाँ गरी ८७४ जना सङ्गठित सदस्य बनाएको छ ।
एमाले रामेछापले अब १२ हजार ६६२ जना सङ्गठित सदस्यबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । महाधिवेशन प्रतिनिधि छनोट गर्नको लागि पुष्पराज पौडेललाई रामेछापको प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी पनि तोकिसकेको छ ।
निर्वाचन भएको अवस्थामा जिल्लाको आठ वटैं स्थानीय तहमा निर्वाचन मार्फत केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन गराउन पौडेललाई जिम्मेवारी दिने निर्णय गरिएको एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले बताउनुभयो । सकेसम्म सहमतिबाटै प्रतिनिधि चयन हुने र यदी सहमति निर्माण हुन नसकेको अवस्थामा चुनाव मार्फत प्रतिनिधि चयन गर्ने तयारी एमालेले गरेको छ सचिव श्रेष्ठले भन्नुभयो ।
रामेछापबाट एमालेका १८ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट हुने निर्वाचन अधिकृत नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार जसमा ३३ प्रतिशत महिला अनिवार्य गर्नुपर्ने प्रावधान रहेको छ ।
रामेछापमा एमालेको १२ हजार ६६२ सङ्गठित सदस्य : १८ जना महाधिवेशन प्रतिनिधि छनोट हुने
- प्रकाशित मिति: बुधबार, कार्तिक २४ २०७८
- तामाकोशी