उपभोक्ताले विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र घेरे

  • प्रकाशित मिति: आइतबार, साउन १० २०७८
  • तामाकोशी

रामेछाप । दैनिक कयौपट विद्युतल लाइन आउने जाने भएपछि रुष्ट भएका उपभोक्ताले नेपाल विद्युत प्रधिकरणको रामेछाप वितरण केन्द्रमा घेराउ गरेका छन् । जिल्ला सदरमुकाम मन्थलीका उपभोक्ताले आइतबार प्राधिकरणको कार्यालय घेराउ गरेका हुन् । बारम्बार विद्युत आउने जाने हुँदा विद्युतीय उपकरणमा क्षति पुगेको, अनलाइन कक्षामा अध्ययन गर्ने विद्यार्थीको पढाई प्रभावित भएको, विद्युतबाट सञ्चालन हुने उद्योग कारखानाको काम प्रभावित भएको तथा सरकारी कार्यालय, वित्तिय संस्था र अन्य निकायबाट अनलाइन मार्फत लिनु पर्ने सेवा समेत प्रभावित भएको उपभोक्ताको गुनासो छ । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको बेलामा पनि प्राधिकरणले विद्युत महशुलमा समेत जरिवाना लगाएर रकम असुलेको भन्दा उभोक्ताले आक्रोसित व्यक्त गरेका छन् । कयौपट विद्युतल लाइन आउने जाने हुँदा एसी, फ्रिज लगायतका उपकरण जलेका छन्, विद्युतमा सधैँ अनियमित छ, बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन रामेछाप उद्योग बाणिज्य सङ्घका सचिव सुरेश उदाशले भन्नुभयो ।
समयमै पुराना उपकरणमा मर्मत सुधार गर्न नसक्दा पटक पटक विद्युत लाइन कट्ने समस्या आएको मन्थलीमा होटल व्यवसाय गरेर बस्नुभएका मनोज श्रेष्ठ बताउनुहुन्छ । सरकारले गरेको निर्णय विपरित निषेधाज्ञा समयको पनि प्राधिकरणले जरिवाना लगाएर रकम लिएको उहाँले बताउनुभयो । वितरण केन्द्रले रामेछापमा देखिएको समस्या समाधानको लागि तत्काल प्रयत्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहाल केही दिन यता विद्युत प्रवाह समस्या देखिएको भन्दै त्यसको समाधान गर्न लागिरहेको बताउनुभयो । ढल्केबहरको ट्रान्समिटरमा समस्या आएको कारण दोलखाबाट आउने लाइन जोडिएको र सो लाइनमा बारम्बार समस्या आएको उहाँले बताउनुभयो । सबस्टेसनदेखि मन्थलीसम्मको दुरी र मन्थलीबाट ग्रामिण क्षेत्रमा वितरण गरिएको प्रशारण लाइनको दुरी समेत लामो भएकोले पनि लाइन फल्ट हुने समस्या आएको हो, समस्या समाधानको लागि सबै प्रयत्न गर्ने छौँ उहाँले भन्नुभयो ।