लोक सेवा आयोग काठमाडौँ कार्यालयको नायब सुब्बाको नतिजा सार्वजनिक (विवरणसहित)

  • प्रकाशित मिति: मंगलबार, असार २९ २०७८
  • तामाकोशी

काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको काठमाडौँ कार्यालयको नतिजा सार्वजनिक गरेको छ । आयोगले काठमाडौँ कार्यालयको विज्ञापनमा लिइएको लिखित परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको हो ।

काठमाडौँ कार्यालयबाट विज्ञापन भएका खुला तथा समावेशीतर्फको न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद् सेवा राजपत्र अनङ्कित प्रथम श्रेणीको नतिजा सोमबार सार्वजनिक भएको हो ।



लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता भदौ ११ गतेदेखि हुने भनिएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।