उमाकुण्ड गाउँपालिकाले ल्यायो ५९ करोड रुपैयाँको बजेट

  • प्रकाशित मिति: शनिबार, असार १२ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि ५९ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षमा सम्पन्न गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको हो । गाउँपालिकाका अध्यक्ष सुनुवारले स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याइएको बताउनुभयो । कोरोना भाइरस कोभिड–१९ रोकथाम, उपचार तथा व्यवस्थापन अनि प्रकोप व्यवस्थापनका कार्यलाई उच्च प्राथमिकतामा राखि नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।