एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) स्विट्जरल्यान्डले टर्कीसँग खेल्दैछ ।
बाकुमा हुने स्विट्जरल्यान्ड र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आज स्विट्जरल्यान्ड पहिलो जितको खोजीमा हुनेछ । स्विट्जरल्यान्ड जित निकाल्दै नकआउट चरणको ढोका खोल्न चाहन्छ । स्विट्जरल्यान्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।
टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन । पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।