दोलखा । जिल्लामा शुक्रबार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका विगु गाउँपालिकाबाट २१ जना, जिरी नगरपालिकाबाट ५ जना, भीमेश्वर नगरपालिकाबाट १२ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा ६३ जनाको पिसिआर परिक्षण गरिएकोमा १६ जना र स्थानीय तहमा १ सय २१ जनाको एन्टिजिन परिक्षण गरिएकामा पाँच जना गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा गौरिशंकर गाउँपालिकामा पाँच जना, मेलुङ गाउँपालिकामा दुई जना, भिमेश्वर नगरपालिकामा १४ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य कार्यालयका अनुसार दोलखामा हालसम्म एक हजार ९८६ जनामा कोरोना पुष्टि भएको छ । जसमा ५४१ जना सक्रिय संक्रमित छन् भने एक हजार ४३६ जना कोरोनामुक्त भैसकेका छन् ।
दोलखामा आज ३८ जना कोरोनामुक्त, २१ जना संक्रमित थपिए
- प्रकाशित मिति: शुक्रबार, असार ४ २०७८
- तामाकोशी