ओखलढुंगा । ओखलढुंगामा बुधबार ३७ जना कोरोनामुक्त भएका छन् । जिल्लाका विभिन्न अस्पताल तथा होम आईसोलेसनमा रहेका ३७ जना कोरोनामुक्त भएका स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको सिद्धिचरण नगरपालिकाकाट नौ जना,चिशंखुगढी गाउँपालिकाबाट १२ जना,मोलुङ गाउँपालिकाबाट १५ जना र सोलुखुम्बुका एकजना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना कोरोनामुक्त हुनेको संख्या ११२ जना पुगेको छ । यस्तै जिल्लामा बुधबार २९ जना कोरोना सङ्क्रमित थपिएका छन् । पिसीआर परिक्षणबाट १६ जना र एन्टिजेन्ट परिक्षणबाट १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार बुधबार सुनकोशी गाउँपालिका वडा नं ९ का दुई जना,चिशंखुगढी गाउँपालिका वडा नं २ का दुई जना, सिद्धचरण नगरपालिका वडा नं ११ का तीन जना, मोलुङ गाउँपालिका वडा नं २ का एकजना र चम्पादेवी गाउँपालिका वडा नं ४,६ र १० का पाँच जनामा कोरोना सङ्क्रमण भएको हो । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७ सय७ पुगेको छ । यी मध्ये ६३० सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य कार्यालय ओखलढुंगाका अनुसार जिल्लामा हालसम्म कोरोनाबाट ६ जनाको ज्यान गएको छ ।
ओखलढुंगामा आज ३७ जना कोरोनामुक्त, २९ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: बुधबार, जेष्ठ १९ २०७८
- तामाकोशी