दोलखा । दोलखामा बिहीबार एकैदिन थप ८३ जनामा कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार १९१ जनाको पिसिआर परिक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार कोरोना सङ्क्रमण हुनेमा सबैभन्दा बढि तामाकोशी गाउँपालिकाका छन् । गाउँपालिकामा बिहीबार एकै दिन तामाकोशी गाउँपालिकाका २१ पुरुष र १३ जना महिला गरि ३४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरि भीमेश्वर नगरपालिकाका १२ जना महिला र पाँचजना पुरुष गरि १७ जना, शैलुङ गाउँपालिकाका १३ जना महिला र १० जना पुरुष गरि २३ जना, विगु गाउँपालिकाका एकजना पुरुष, गौरिशङ्कर गाउँपालिकामा दुईजना पुरुष, वैत्यश्वर गाउँपालिकाका दुईजना महिला, मेलुङ गाउँपालिकाका तीनजना महिला र एकजना पुरुष गरि चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार थपिएका सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ । बिहीबार सङ्क्रमण पुष्टि भएका मध्ये ८२ जना होम आइसोलेसनमा र एकजना अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दोलखाकी जनस्वास्थ्य अधिकृत सपना केसीले जानकारी दिनुभयो । हाल चरिकोट अस्पतालमा २३ जना उपचाररत छन् भने पाँच जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेका छन् ।
दोलखामा आज एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण
- प्रकाशित मिति: बिहिबार, बैशाख ३० २०७८
- तामाकोशी