रामेछाप । जेठ २१ गते,
मन्थली नगरपालिका –१ मा मासु पसल गरी वस्ने ५२ वर्षिया राधाकुमारी घिमिरेलाई आफ्नै श्रीमानले रक्सी पिएर खुकुरी हानेका छन् । आफ्नो गोजीवाट २ हजार निकालेको आरोप लगाउदै उनका पति ५५ वर्षिय थरहरि घिमिरेले कुटपिट गरी खुकुरी प्रहार गरी आफ्नै श्रीमती राधालाई घाइते बनाएका हुन् । राधालाई थरहरीले शनिबार राति खुकुरी प्रहार गरेका थिए ।
सधै रक्सी खाएर आउने र एउटा केहि निहुनिकाले दिनहु आफुलाई पिट्ने गरेको पिडित राधाले बताईन् । उनले आफुलाई कतै छिमेकीको घरमा जादा पनि किन गईस के कालागि गईस् भनेर पिट्ने गरेको बताईन् । पिडक घिमिरेले श्रीमती राधा आफुहरुको घरमा काम परेर आउदा बिभिन्न आरोप लगाउदै गालीगर्ने गरेको छिमेकीहरुको भनाई छ । खुकुरी प्रहारबाट टाउकोमा चोट लागेर घाइते भएकी राधाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्ने थरहरिलाई प्रहरीले शनिबार रातिनै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमोद ढुंगेलले पीडित श्रीमतीको चाहना अनुसार मुद्दा प्रक्रिया अगाडि बढाईने बताएका छन् ।
रामेछापको मन्थलीमा आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार
- प्रकाशित मिति: आइतबार, जेष्ठ २१ २०७४
- तामाकोसी खबर