रामेछाप । फागुन १ गते,
रामेछापमा फागुन २ गते आइतबारबाट दोश्रो चरणको कोरोना विरुद्धको खोप अभियान सुरु हुदैछ । स्वास्थ्य कार्यालयले जिल्लाका दुई हजार एकसय जनालाई दोश्रो चरणको कोरोना बिरुद्धको खोप लगाउदै छ । जसमा जिल्लाका आठै वटै स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरु, नेपाल प्रहरीहरु, शसस्त्र प्रहरीहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु र विभिन्न सामाजिक संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा खोप लगाउन छुट भएका लक्षित वर्गलाई लगाउने र दोश्रो चरणको खोप कार्यक्रम अन्र्गत जिल्ला अस्पताल रामेछापमा फागुन २ र ४ गते र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा फागुन ३ गतेदेखी ८ गतेसम्म खोप लगाइने बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार खोप लगाउनका लागि एक हजार चारसय जनाले आफ्नो नाम टिपाइसकेका छन् । पहिलो चरणको कोरोना विरुद्धको खोप कार्यक्रममा जिल्लाका स्वास्थ्यकर्मी, स्वयंसेवीका, एम्बुलेन्स चालक, शब हावन चालक, अग्रपक्तिंमा खटिने सुरक्षाकर्मी, फोहोरमैला व्वस्थापन गर्ने कर्मचारी गरि एक हजार ९३ जनालाई खोप लगाइएको थियो ।
रामेछापका २१ सय जनालाई दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाइदै
- प्रकाशित मिति: शनिबार, फाल्गुन १ २०७७
- तामाकोशी