रामेछाप । पुस २२ गते ,
उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद पुनःस्थापना हुन्छ भन्ने कुरामा विश्वास नगर्न आग्रह गर्नु भएको छ । प्रधानमन्त्रीले आफ्नो विशेषाधिकार प्रयोग गरेर ताजा जनादेशका लागि विघटन गरेकाले प्रतिनिधिभा संसद अब पुनःस्थापना हुनेमा कुनै विश्वास नरहेको उहाँको भनाई छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछापको बैठक एवं विस्तरित भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको ६४ प्रतिशत औपचारिक वैधानिक हैसियत पनि खारेज नभएको बताउनुभएको छ । सङ्कट आएपछि ताजा जनादेशका लागि जनतामाझ जान्छु भन्ने कुरा विलकुललै स्वाभाविक, लोकतान्त्रिक, संवैधानिक प्रक्रिया र संसदीय प्रणाली अन्तर्गत प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु भएको बताउनुभयोे । अब यसमा के होला, कसो होला भनेर द्विविधामा नपर्न अपिल गर्दै उहाँले ताजा जनादेशका लागि वैशाख १७ र २७ गतका लागि तोकिएको निर्वाचनको तयारीमा लाग्न नेकपा कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो । निर्वाचनको मिति घोषणा भएसँगै आफूहरुले चार वटौ सुरक्षा निकायका सुरक्षा प्रमुखहरु, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख र निर्वाचन आयोगका आयुक्तसँग छलफल गरिकेको बताउँदै उहाँले सुरक्षा निकायले आ–आफ्ना ठाउँमा निर्देशन गराइसकेको उहाँको भनाई छ । उहाँले वैधानिकताका आधारमा नेकपा नफुटेको पनि बताउनुभयो ।
अब संसद पुनःस्थापना हुदैन : उपप्रधानमन्त्री पोख्रेल
- प्रकाशित मिति: बुधबार, पुष २२ २०७७
- तामाकोशी