काठमाडौँ । यतिबेला आस्था राउत प्रकरण चर्चामा छ । हक्कि स्वभावकी गायिका राउत सफा मनकी छिन् । देखेको कुरा उनले खप्न र मनमा राख्नै सक्दिनन् । यही स्वभावको परिणाम हो आस्था प्रकरण । आस्थालाई गायक राजेश पायल राइले रुन्चे नबन अब तिमी ठूली भइसक्यौ भनेर सुझाव दिएपनि आस्था ठूली भएर रोएकी होइनन् उनको दिल नै कोमल भएका कारण उनी पटक पटक रुन्दै आएकी छिन् ।

चाहे विमानस्थलमा उनले लगाएको दुब्र्यबहारको प्रकरणमा होस् वा भ्वाइस अफ नेपालको मञ्चमा कोही महिला दिदी बहिनी रुँदा होस् आस्था छिट्टै पग्लििन्छन् । छिटो रुनु आँसु झार्नु सजिलो काम होइन । त्यो दिलको कुरा हो । र यो सबैसँग हुँदैन ।
कोमल दिलका सफा मनका मानिसहरुसँग मात्रै यस्तो प्रकृतिको हृदय हुन्छ । जुन पटक पटक पग्ली रहन्छ । र कठोर मन / दिलका मानिसहरुसँग उनको अधिकांश समय परिहाल्छ । यही भएको हो विमानस्थलमा । आस्था प्रकरणपछि उनलाई सुझाव दिँदै कलाकार तथा निर्माता निर्देशक दीपकराज गिरीले आस्थालाई कठोर बन्न र प्रहरी जवान रमितासँग माफी माग्न भनेका थिए ।

ब्यग्यात्मक शैलीमा दीपकले आँफु पनि यसअघि विभिन्न प्रकरणमा मुछीएको यो झन्जटीलो प्रक्रियाबाट पार पाउनलाई सबैभन्दा छोटो र उत्तम बाटो माफी भएको उनले बताएका छन् । तर स्वभावैले हक्की आस्थाले कुन बाटो हिँड्छिन् त्यो केही समयमा थाहा लाग्ला । तर प्रहरीको भने आस्थालाई पक्राउ गर्ने तयारी छ।

छानबिनका लागी प्रहरीले बोलाउँदा आस्था उपस्थित नभएको भन्दै पक्राउ गर्ने तयारी गरिएको प्रहरी उच्च स्रोतले बताइएको छ । लगतै गायिका राउतले आफूलाई दु’र्व्यवहार गरेको भनी आरोप लगाएकी महिला प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध नै उजुरी दिएपछि उनलाई छानबिनको लागि बोलाइएको थियो । तर आस्था प्रहरीकोमा उपस्थित नभएपछि पक्राउ गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठले आस्थाद्वारा आफूमाथि अ’भद्र व्यवहार भएको भन्दै उजुरी दिएकी थिइन्।श्रेष्ठले निवेदन दिएसँगै श्रेष्ठसंग पनि सोधपुछ गरिएको थियो । आस्था प्रकरणले उग्र रुप लिइरहेका बेला अहिले विमानस्थलमा भएको पारस प्रकरणलाई पनि धेरैले स्मरण गरेका छन् । पारसले विमानस्थलमा खटिएका एक सिनियर अधिकारीलाई नै छातीमा समातेर धकालेका थिए । आस्था र पारसको घटना उस्तै हो, समय र प्रकृति मात्रै फरक भएको धेरैले विश्लेषण गरेका छन् । घटना गत वर्षको हो ।

पूर्वयुवराज पारस शाहले डिउटीमा रहेका प्रहरीलाई विमानस्थलमै छातीमा समातेर धकेलेका थिए । तर, त्यसबेला प्रहरीले उनीमाथि कुनै आइनोकाइनै गरेन । तर आस्था प्रकरणमा भने सिंगो प्रहरी संगठन नै लागेको भन्दै अधिकांश कलाकार र सर्वसाधारणले गुनासो गरेका छन् । गायक राजेश पायल राईले आस्थाको मात्रै गल्ती नभई आस्था र प्रहरी दुवै सुध्रिनुपर्ने भन्ने सुझाव दिएका छन् । आस्था प्रकरण बाहिरिएकै बेला संसदमा सूचना प्रविधि विधेयक पुगेको छ । विबादित बनेको विधेयकलाई सरकार पक्षले पेलेरै लैजाने तयारी गरेका बेला काँग्रेस र नागरिक अगुवाहरुले भने चर्को बिरोध गरेका छन् । सोही विधेयकलाई लिएर अहिले नागरिक जमात आन्दोलित छ ।

कतिपयले यदि सुरक्षा जाँचमा दम्भ देखाएकै आरोपमा गायिका आस्था राउतलाई प्रहरीले मुद्दा चलाउने हो भने प्रहरीका धेरैजसो अनुसन्धान अधिकृतहरु पनि कारवाहीको दायरामा आउने जानकारहरु बताउँछन् । प्रहरीले हिरासतमा लिँदा र राख्दाको अवस्थामा धेरै अभियुक्तमाथि निर्मम यातना दिने गरेको नेपाली परिप्रेक्षमा भोली के होला सिधा कल्पना गर्न सकिने विषय हो यो । आस्था प्रकरण एउटा उदाहरण मात्रै हो । प्रहरीले विमानस्थलमा मात्रै नभई विभिन्न स्थानमा पटक पटक गर्ने ब्यबहार सुध्रिनुपर्छ भन्ने नागरिक आवाज पटक पटक उठिरहेको हुन्छ । र राज्यले कुनै पनि व्यक्तिमाथि प्रतिशोध लिन मिल्दैन । तर, गायिका आस्था राउतविरुद्ध भने सिंगो प्रहरी संगठन नै कारबाही गर्नुपर्ने गरी अघि बढेको छ । जुन कुरा सन्तुलन नभएको नागरिक स्तरबाट आवाज उठीरहेको छ । आस्था प्रकरणपछि एउटा कुरा के स्पष्ट हुन्छ भने कहीँ न कहीँ प्रहरीले आफ्नो बोलीचाली र ब्यबहार सुधार्नै पर्छ र आस्था पुस्ताले पनि तुरुन्त प्रतिक्रिया दिने बानीलाई सुधारेर लैजानुपर्छ । शिव लामिछानेले ओएस नेपालमा लेख्नु भएको छ ।