रामेछाप । पौष २० गते,
भूकम्प गएको ४ बर्ष मा रामेछाप जिल्लामा ३५ हजार ७ सय ७६ निजि आवास पुननिर्माण भएका छन् । तर नयाँ घर बनाए पनि अधिकाँस मानिसहरु पुरानै घरमा बसिरहेका छन् । रामेछापमा २०७२ सालमा आएको विनासकारी भूकम्पछि नयाँघर बनाउँन ४७ हजार १ सय १२ निजि आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएकोमा ४७ हजार ९५ घरले पहिलो किस्ता , ४३ हजार ७ सय २७ ले दोस्रो किस्ता र ३९ हजार ७ सय ५१ ले तेस्रो किस्ता लिएको पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्व्यन इकाई रामेछापले जनाएको छ ।
हालसम्म जिल्लामा निजि आवास पुननिर्माणका लागि १४ अर्व ६८ करोड १७ लाख बजेटमा हालसम्म १२ अर्व ८८ करोड ८९ लाख रुपैयाँ बजेट खर्च भएको जिल्ला आयोजना कार्यान्व्यन इकाईको तथ्याङक छ । यता नयाँ घर बनाए पनि अधिकाँस मानिसहरु अहिले अहिले पनि भुकम्पले क्षति पुर्याएका पुरानै घरमा बस्न छाडेका छैनन् । नयाँ बनेको भूकम्प प्रतिरोधि घरहरु एक तले २ देखि ३ कोठे छन् । ती घरहरु मान्छे बस्न भन्दा पनि धाँस पात राख्न र बाख्रा कुखुरा थुन्न प्रयोग भएको देखिन्छ । 
भूकम्प प्रतिरोधि घर बनाएकाहरु पुरानै घरमा बस्दा फेरी भूकम्प आयो भने ठूलो क्षति हुने खतरा रहेको छ । नयाँ घर बनाएका मध्ये ४० प्रतिशत भन्दा बढी मानिसहरुले भूकम्पले क्षति पुर्याएका पुराना घरहरुको प्रयोग गरि रहेको अनुमान छ । आठ स्थानीय तह रहेको रामेछाप जिल्लामा भुकम्पले क्षति भएका झण्डै ३६ हजार नयाँ घर बनी सकेका छन् । भूकम्प प्रतिरोधी नयाँ घर बनाएपनि अधिकांस मानिसहरु पुरानै घरमा बस्दा उनीहरुको जीवन उच्च जोखिममा रहेको छ । भूकम्प प्रतिरोधीघर बनाएकाहरु पुरानै घरमा बस्ने गरेकाले फेरि भूकम्प आयो भने ठूलो क्षति हुने खतरा रहेको पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले बताए । स्थानीय सरकारले केही सुविधा दिएर भएपनि भूकम्पले क्षति पुगेका भत्काउँन बाकि पुराना घरहरु भत्काउने अभियान चलाउनुपर्ने उनको सुझाव छ ।
रामेछापमा झण्डै ३६ हजार नयाँ घर बन्यो ,अधिकाँस मानिसको पुरानै घरमा बास
- प्रकाशित मिति: आइतबार, पुष २० २०७६
- तामाकोशी