पूर्व माओवादी र पूर्व एमालेबिच किचलो ,प्रतिनिधिसभा बैठक स्थगित

  • प्रकाशित मिति: शुक्रबार, पुष ११ २०७६
  • तामाकोशी

काठमाडौं, पुस ११ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबिच सभामुखमा कुरा नमिल्दा प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको आजको बैठक स्थगित गरेपछि अर्को बैठक सूचना टाँसेर पुस १६ सम्मका लागि स्थगित गरिएको हो ।

दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा एकमत हुन नसकेका बेला ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान लिएका छन् भने प्रचण्डले अग्नि सापकोटाको नाममा सहमति गर्ने प्रयास गरेका कारण सभामुख चयन हुन नसकेको हो । त्यस्तै सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र पम्फा भुसालले दाबी गरिरहेका छन् ।