बारा, ५ पुस । बारामा जलाउँदै गरेको श,वलाई प्र,हरीले शुक्रबार निय!न्त्रणमा लिएको छ । हत्यापछि महिलाको श!वलाई जलाउँदै गएको भेटिएपछि प्र!हरीले त्यसलाई निय!न्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको श!वलाई अनुसन्धानको लागि निय!न्त्रणमा लिएको प्र!हरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । श्रीमान् र श्रीमतीबीच झ!गडा हुँदा श्रीमतीलाई मा!रेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्र!हरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको श!वलाई जलाउँदै गरेको खुलेपछि श!वलाई निय!न्त्रणमा लिएको उपरीक्षक खनालले बताए ।श!व पूर्णरुपमा नजलेको कारण केही हा!ड फेला पारेको र मृत!कका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान भइरहेको प्र!हरी उपरीक्षक खनालले जानकारी दिए । मृ!तकको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो ।
माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका कयौँ उदाहरण भेटिन्छ । दोषीलाई कडाभन्दा कडा कारवाही हुनु पर्दछ अनि मात्र सुधार हुन्छ महिला अधिकारकर्मी बबिता जसवालले भने । रासस