रामेछाप । पौष ५ गते,
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सदस्य ग्राहक सुरक्षण कार्यक्रम रामेछाप जिल्लामा प्रभावकारी बन्दै गएको छ । यहि कार्यक्रम अन्र्तगत डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मन्थली शाखाले मंसिर महिनामा सुत्केरी स्याहार खर्च र मृत्यु भएका आफ्ना ग्राहकको कर्जा मिनाहा गरिदिएको छ ।
संस्थाले सुत्केरी भएका आफ्ना ७ जना सदस्यहरुलाई २ हजार ५ सय रुपैयाँका दरले १७ हजार ५ सय रुपैया प्रदान गरिएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मन्थली शाखाका प्रवन्धक सुर्य बहादुर विष्टले जानकारी दिए । संस्थाले श्रीमानको मृत्यु भएका आफ्ना सदस्य २ जनालाई १० हजार ६ सय ३० रुपैयाँका दरले प्रदान गरिएको र मृत्य भएका संस्थाका सदस्य एक जनाको १ लाख ५० हजार रुपैयाँ कर्जा मिनाहा गरी ४ हजार रुपैया घरखर्च स्वरुप उनका परिवारलाई प्रदान गरिएको संस्थाका प्रवन्धक विष्टले बताए । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अहिले देशभरका ७१ जिल्लाको ५ सय ७६ वटा पालिकामा काम गरिरहेको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सदस्य ग्राहक सुरक्षण कार्यक्रम प्रभावकारी बन्दै
- प्रकाशित मिति: शनिबार, पुष ५ २०७६
- तामाकोशी