रामेछापको गेलुमा वादविवाद प्रतियोगिता

  • प्रकाशित मिति: शुक्रबार, मंसिर १३ २०७६
  • तामाकोशी

रामेछाप । मंसिर १३ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालीका वडा नम्वर–११ गेलुमा रहेको शारदा माध्यमिक विद्यालयमा शुक्रबार वादविवाद प्रतियोगिता आयोजना गरिएको छ । “गुणस्तरीय शिक्षा निजि की सार्वजनिक”भन्ने शिर्षकमा विद्यार्थीहरुले आ–आफ्नो धारणा राखेका थिए । वडास्तरी बाल क्लव मन्थली नगरपालिका वडा नम्वर–८ चिसापानीले त्यस प्रतियोगिताको आयोजना गरेको हो । २० जना विद्यार्थीले भाग लिएको वादविवाद प्रतियोगितामा सुचना खडका (प्रथम),लक्ष्मी मगर (द्धितिय),विमला पहरी (तृतिय) र मनिषा थापाले सान्त्वना स्थान हाँसिल गरेका थिए । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले प्रमाणपत्र सहित नगद पुरस्कार हस्तान्तरण गरेका थिए । वडास्तरी बाल क्लव चिसापानीका संयोजक वोधप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु रामेछापका प्रतिनिधि सफल दाहाल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार पुलामी लगायतले मन्तव्य राखेका थिए