हृदयघातका कारण कांग्रेस सिन्धुलीका पुर्वसभापति खतिवडाको निधन

  • प्रकाशित मिति: मंगलबार, मंसिर १० २०७६
  • तामाकोशी

सिन्धुली । मंसिर १० गते,रमिला खड्का ,
नेपाली कांग्रेस सिन्धुलीका पुर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाकोे हृदयघातका कारण निधन भएको छ । सोमबार काठमाडौँबाट सिन्धुली आउने क्रममा खतिवडाको हृदयघातका कारण मृत्यु भएको नेपाली कांग्रेस सिन्धुलीका महासमिति सदस्य तथा जिल्ला सदस्य उज्जवल पोख्रेलले जानकारी दिए । ७६ वर्षिय खतिवडालाई हृदयघात हुनासाथ नागरिक अस्पताल लगिएको थियो । अस्पताल पु¥याएको केहि समयमै अस्पताल प्रशासनले मृत घोषित गरेको थियो । खतिवडा २०५१ देखी २०५३ र २०६१–२०६६ सालसम्म नेपाली कांग्रेस सिन्धुलीको दुई कार्यकालकालागि सभापति भएका थिए । त्यसैगरि, खतिवडाको पार्थिव शरिरलाई मंगलबार राती सिन्धुलीको धुराबजार स्थित पार्टी कार्यालयमा राखिने बताईएको छ । बुधबार ९ बजे पछि अन्तिम दाहसंस्कारको लागी शव यात्रा सहित उनको जन्मस्थल डाँडी लगिने महासमिति सदस्य पोख्रेलले जानकारी दिए ।