रामेछाप । मंसिर १ गते,
नेपाल निबृत्त शिक्षक समाज रामेछापको प्रथम जिल्ला अधिबेशनले गुञ्ज बहादुर श्रेष्ठको नेतृत्वमा २१ सदस्य कार्यसमिति चयन गरेको छ । शनिबार मन्थलीमा सम्पन्न जिल्ला अधिबेशनले उक्त समिति चयन गरेको हो । तदर्थ समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न जिल्ला अधिबेशनले पुन श्रेष्ठलाइनै अध्यक्ष चयन गरिएको बताइएको छ । 
कार्यक्रममा नेपाल निबृत्त शिक्षक समाजको केन्द्रिय अध्यक्ष चुडामणि शर्मा कट्टेल, महासचिब इश्वर बहादुर श्रेष्ठ, जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख भरत भट्टराई बिभिन्न शिक्षक संघ संगठनका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले बोलेका थिए ।कार्यंक्रमका अधिकांस बक्ता निबृत्त शिक्षकहरुले आफुहरु ६० बर्ष पार गरेपछि राज्यले अबकास दिएर हेपेको गुनासो गरेका थिए । उनीहरुले निबृत्त शिक्षकहरुलाई स्थानीय सरकारले शिक्षा क्षेत्रको हरेक ठाँउमा परिचालन गर्नु पर्ने कुरालाई जोड दिएका थिए । कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष शर्माले गरेका थिए ।
नेपाल निबृत्त शिक्षक समाज रामेछापको अध्यक्षमा फेरी गुञ्ज बहादुर श्रेष्ठ
- प्रकाशित मिति: आइतबार, मंसिर १ २०७६
- तामाकोशी