नेपालगञ्जमा आ गला गी,लाखौ लाख धनमालको नष्ट

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १२ २०७६
  • तामाकोशी

नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आ गला गीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आ गला गीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ ।गएराति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर पसलमा आ गला गी भएको थियो । राति करीब ८ः०० बजेदेखि शुरु भएको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार मिठ्ठीलाल बैश्यको दुईतले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट शुरु भएको आगो छेउमा रहेको व्यूटीपार्लर पसलमा समेत सल्किएको थियो । पसलका सञ्चालक तिहार मनाउन घर गएको अवस्थामा आगलागी भएको थियो । आइतबार रातिमात्रै नेपालगञ्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।



गत बिहीबार नेपालगञ्जकै बिपीचोक नजिक रहेका आधा दर्जन पसलमा भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा सात ठूला आ गला गी भइसकको छ ।