काठमाडौं – भारतको पिथौरागढमा तीन नेपाली मजदुरको ह त्या भएको छ। उनीहरुको कात्तिक ८ शुक्रबार ह त्या भए पनि आइतवार मात्रै जानकारी भएको छ। बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको ह त्या भएको जिल्ला समन्वय समितिका बैतडीका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए। ताजाखबरमा लेखिएको छ ।
उनले भने, ‘उनीहरुको धा रि लो ह ति यारले प्रहार गरी ह त्या गरिएको खबर प्राप्त भएको छ।’ हरे र बीरा सहदोर दाजुभाइ हुन्। उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा डेढ वर्ष यतादेखि मजदुरी गर्दै आइरहेको परिवारले जनाएको छ। हरे बोहराकी श्रीमती कि र्रा बोहरा फ रार रहेकीले घटनाको उनको सं लग्न ता हुन सक्ने आ शंका गरिएको उपप्रमुख बोहराको भनाइ छ। मृ तक हरुको श व पिथौरागढ जिल्ला अस्पतालमा राखिएको र सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने जनाइएको छ। बीरा केही महिनाअघि मात्रै दाजुभाउजुलाई भेट्न भनेर पिथौरागढ गएको र उतै मजदुरी गर्दै आएका थिए। तीनै जनाको सामूहिक ह त्या भएकाले कसले गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन।