रामेछाप । कार्तिक ३ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुमको नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । वडा कार्यालय परिषरमा आयोजित एक कार्यक्रमकाबिच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष तामाङले गाउँपालिका भरीको ९ वटै वडाका वडा कार्यालय भवनहरु नयाँ बन्ने बताए ।
उनले विकास र समृद्धिको यात्रामा खाँडादेवी गाउँपालिका ३ नं प्रदेशभित्र एक नम्बर आएको भन्दै अब देशकै नमूना गाउँपालिका बन्ने दाबि समेत गरे । पुर्वधारको समोचित विकास गरी नगरपालिकाको रुपमा गाउँपालिकालाई विकास गर्ने योजना रहेको अध्यक्ष तामाङको भनाई छ । आइतबारबाटै माकादुम स्वास्थ्य चौकीमा ल्याव तथा फार्मेसी सेवा सुचारु भएको छ । वडाध्यक्ष पुष्कर कुमार कार्कीको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सेवा सुचारु भएको घोषणा गरेका हुन् । अब माकादुम स्वास्थ्य चौकीमाबाट स्थानीयहरुले ल्याव परिक्षण तथा फार्मेसी सेवा पाउँनेछन् ।
खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुमको नवनिर्मित भवन उद्घाटन
- प्रकाशित मिति: आइतबार, कार्तिक ३ २०७६
- तामाकोशी