घट्यो सुनको भाउ

  • प्रकाशित मिति: मंगलबार, असोज २८ २०७६
  • तामाकोशी

काठमाडौं : नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ।सोमबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन तोलाको ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य ६९ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य भने आज ८४५ रुपैयाँमा कारोबार भइरहेको छ।