रामेछापको नागदहमा दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम हुदै:

  • प्रकाशित मिति: बुधबार, असोज ८ २०७६
  • तामाकोशी

जिल्लाका प्रमुख सबै कलाकारहरु आउने
रामेछाप, असोज ८ गते ।
रामेछापको लिखुतामाकोसी गाँउपालिका वडा नम्बर ५ साविकको नागदहमा दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । दशै तिहारको विशेष अबसर पारेर जनजागरण क्लव नागदहले उक्त दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
रामेछापको साविकको नागदह गाविस वडा नम्बर ५ पुतलीबजारमा आयोजना हुन लागिएको उक्त कार्यक्रममा विभिन्न राष्ट्रियस्तरका ख्याति प्राप्त चर्चित कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहने आयोजक जनजागरण क्लबका अध्यक्ष सुब्बा थापा मगरले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा बहुचर्चित ख्याती प्राप्त कलाकारहरु प्रकाश कटुवाल, कुमार कार्की, बालकुमार श्रेष्ठ, कल्पना सुनुवार, विवश बस्नेत, शिवशागर मगर लगाएतको वेजोड प्रस्तुति रहने छन् । यसैगरी अन्य कलाकारहरुमा सेलो गाएक बैरागी मोक्तान, युनिक भोजराज विक, तिर्थविरक्त पाख्रिन, गोविन्द गौतम, हरिबहादुर काफ्ले मगर र भिमराज विक लगाएत स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छन् ।
कार्यक्रम यहि असोज २० गते सोमबार नवमीको दिन विहान १० बजे देखि हुने आयोजकले जनाएको छ । कार्यक्रमको समन्वय रामेछाप साँस्कृतिक कलाकार समाज र राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति रामेछापले गरेका छन् भने रेडियो तिनलाल एफएम र तामाकोसी अनलाइनले मिडिया पार्टनरको भुमिका निर्बाह गरेको जनाएको छ । कार्यक्रमलाई सब्य र भब्य बनाउन आयोजक टिम लागि परेको जनाएको छ ।