रामेछाप । साउन २३ गते,
रामेछापको रामेछाप नगरपालिका ५ रामपुर वडाकार्यालय परदर्शीता र सुचनाको लागि नमुना वडा कार्यालय बनेको छ । कार्यालयमा पस्ने वित्तिकै कुन योजना कहाँ कति पैसामा सञ्चालन भई रहेको छ भन्ने फेहरिस्त कार्यालयमा टाँसिएको छ । कार्यालयमा योजनाको फेहरिस्तदेखि सामाजिक सुरक्षा भत्ता लिनेको नामसमम्म टाँस गरिएको छ ।
हरेक साल नयाँ आर्थिक वर्ष सुरु भएपछि सो आर्थिक वर्षमा वडामा आएको बजेट र सो बजेट खर्च हुने योजनाको नाम तथा लागत फ्लेक्बोर्डमा प्रिन्ट गरेर कार्यालयमा टाँस गरिने गरेको वडाअध्यक्ष भिमबहादुर तामाङले बताए । सो बोर्डमा उपभोक्ता समितिको नाम, छात्रावृत्ति लिने विद्यार्थीको नाम समेत समावेस हुने गरको छ । यसले गर्दा लुकाएर केही गरि रहेका छन् कि भन्ने शंका हट्ने गरेको अनुभव उनले सुनाए । 
रामेछाप नगरपालिकाकै दुर्गममा रहेको सो वडा कार्यालयमा भौतिक पूर्वाधारको पनि राम्रो व्यवस्थापन गरिएको छ । कार्यालयमा महिला र पुरुषको लागि छुट्टै शौचालयको व्यवस्था गरिएको छ । सेवा लिन आउने सेवाग्राही महिलाको लागि सेनिटरी प्याड र प्याड फेर्ने कक्षसमेत छुट्टै बनाइएको छ । यी सबै काम गर्न बजेट भन्दा पनि काम गर्ने इच्छाशक्ति चाहिने वडाअध्यक्ष तामाङको ठम्याई छ ।
सो वडामा पारदर्शितको यो अभ्यायासको हाल जिल्ला प्रशासन कार्यालय रामेछापमा नायव सुब्बाको पदमा कार्यरत लक्ष्मण भुजेल साविकमा रामपुर गाविस हुँदा गाविस सचिवको रुपमा कार्यरत रहेको समयमा सुरुवात गरेका थिए । गाविस सचिवहरुले मृत्यु भएका मानिसहरुको नामको भत्ता समेत किर्ते गरेर खान्छन् भन्ने आरोप लागेपछि सारै चित्त दुखेर भत्ता लिनेहरुको नाम सार्वजनिक गर्नका लागि सो अभ्यास सुरु गरेको भुजेल बताउँछन् । त्यस पछि साविकको रामपुर गाविस र अहिलेको रामेछाप नगरपालिकाको वडा कार्यालयको रुपमा रहेको सो कार्यालयले आप्mना सबै सूचनाहरु सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पारदर्शीताको यो प्रयोग आफ्नो लागि पनि नयाँ भएको बताउँछिन् । उनले सो वडाले नमुना अभ्यास गरेको बताउँदै यो अभ्यास सबै स्थानीय तह र अन्य सेवा प्रदायक सरकारी कार्यालले गर्नु पर्ने बताइन् ।
परदर्शीता र सुचनाको लागि नमुना बन्दै रामपुर वडा कार्यालय
- प्रकाशित मिति: बिहिबार, साउन २३ २०७६
- तामाकोशी