२ बर्सिय छोरी संगै एक पिताको दर्दनाक कहानी, फोटोले हल्लायो संसार

  • प्रकाशित मिति: बुधबार, असार ११ २०७६
  • तामाकोशी

काठमाडौं-अमेरिका र मेक्सीकोको बीचमा फसेका शरणार्थीको हालत दिनदिनै दयनीय हुँदै गइरहेको छ । एक देशबाट अर्को देश जो क्रममा कैयौं यस्ता घटना भएका छन् जसको बारेमा सुन्दा आङ सिरिंग हुन्छ । पछिल्लो घटना पनि यस्तै हो । उत्तर अमेरिकाको सीमामा रहेको रियो ग्राण्डे नदीको किनारमा एक पिता र छोरीको लाश भेटिएको छ । यो तस्वीरले ३ वर्ष पहिले खिचिएको अयलान कुर्दीको त्यो तस्वीरलाई सम्झाएको छ जुन तस्वीरमा तीन वर्षका बालक समुद्र किनारमा मृत भेटिएका थिए ।

अहिलेको घटनाको तस्वीरमा देख्न सकिन्छ कि २ वर्षकी छोरीको टाउको उनका पिताको टिशर्टभित्र छ । यस्तो लाग्छ कि जिन्दगीका अन्तिम पलमा पिता र छोरीले एक अर्कालाई अंगालो हालेका थिए । अखबार ‘ला जोर्नडा’का अनुसार एल साल्भाडोरका २३ वर्षका ओस्कार अल्बर्टो मार्टिन्ज रमिरेज निकै दुःखी थिए किनकि उनको परिवारले शरणको लागि अमेरिकी अधिकारीको अगाडि आफूलाई पेश गर्न सकिरहेका थिएनन् । यस्तोमा आइतबार उनी छोरी भेलेरियाको साथमा नदीमा गए ।



छोरीसँग नदी पार गरेपछि उनले छोरीलाई नदीको अमेरिकातर्फको किनारमा उभ्याए र पत्नी तानिया भेनेसा ओभलोसलाई ल्याउनको लागि फर्केर पारी जान लागे । तर, उनलाई टाढा गएको देखेपछि छोरी पनि पानीमा आइन् । अल्बर्टोले फर्केर छोरी भेलेरियालाई समाते तर पानीको बहावमा दुवै बगे । समाचार एजेन्सी एपीसँग कुरा गर्दै अल्बर्टोकी आमा रमिरेजले भनिन् ‘मैले यिनीहरुलाई नजान भनेकी थिएँ तर उनीहरुले मानेनन् । बालिकाले हाम्फालेर अल्बर्टोसम्म पुग्ने कोसिस गरिन्  तर जबसम्म अल्बर्टोले उनलाई समात्न सक्थे उनी अगाडि बढिन् अनि उनी बाहिर निस्किन सकिनन् । अल्बर्टोले उनलाई आफ्नो शर्टमा राखे अनि मलाई लाग्छ उनले आफैंसँग भने – म धेरै टाढा आइसकेको छु । अनि छोरीसँगै जाने फैसला गरे ।