आज राति हावाहुरी सहित वर्षा हुने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

  • प्रकाशित मिति: सोमबार, असार २ २०७६
  • तामाकोशी

काठमाडौं। सोमबार राति देशका केही स्थानमा हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । सोमबार साँझ जारी गरिएको पूर्वानुमानअनुसार सोमबार राति देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यस्तै मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। मंगलबार राति देशका पुर्वि भू–भागलगायत मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकि भू–भागमा आंसिक बदलिको सम्भावना छ । पुर्वका केहि स्थानहरुमा साथै मध्य र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बुधबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। बुधबार राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।