अल्पकालीन बेहोसीपन
हाम्रो शरीरभरि भएका रक्तनसामा निरन्तर रूपमा एक निश्चित रक्तचाप हुन्छ र त्यसले गर्दा हाम्रा सबै कोशिकामा रगतका साथै प्राणवायु ९यहथनभल०को निरन्तर प्रवाह गर्न सहयोग गर्छ । हामी सुतेको अवस्थामा टाउको र खुट्टाको उचाइ लगभग एउटै तहमा हुन्छ । हामी उभिएको स्थितिमा यो उचाइ व्यक्तिअनुसार फरक परे पनि ५ फिटभन्दा बढी हुन्छ, तर हाम्रो रक्त नसा खुम्चने तथा हृदयको गतिमा आउने परिवर्तनले हाम्रो मस्तिष्कमा रक्तचापलाई तुरुन्तै नियन्त्रण गर्दै रगतको प्रवाहलाई उहि गतिमा निरन्तरता दिन्छ । यस्तो स्थितिमा हामीले रिँगटा लागेजस्तो महसुस गर्छौं । केही व्यक्तिमा यसका लागि केही समय लाग्ने भएको हो, सुतेको वा बसेको स्थितिबाट जुरुक्क उठ्दा हल्का रिँगटा लागेजस्तो महसुस हुन्छ । बिस्तारै उठे समस्याको समाधान भैहाल्छ । यस्तो स्थिति विशेष गरेर खबनगक लभचखभ ९मस्तिष्कदेखि छाती तथा पेटमा आउने एक स्नायु नसा० अधिक उक्तेजित हुँदा अकस्मात् रत्तचाप कम हुन्छ र व्यक्ति छोटो समयका लागि बेहोस हुन्छ जसलाई हामी खबकयखबनब िकथलअयउभ भन्छौं ।
छोटो समयका लागि होस हराउनु ९बेहोस हुनु० लाई ाबष्लतष्लन भनिन्छ । बेहोस हुनुको मुख्य कारण भने एकाएक रक्तचापमा कमी आउनु हो । रक्तनसामा आउने परिवर्तन वा हृदयको गतिमा आउने परिवर्तन नै यसको मुख्य कारक हुन्छ । अल्पकालीन रूपमा रक्तचापमा कमी हुने तथा रक्तनसा खुकुलो हुने स्थितिमा विभिन्न कारणले बेहोसी आउन सक्छ, जसमा शारीरिक तथा भावनात्मक ९तनाव० कारण पनि हुन सक्छ ।
यौन र पीडा
तपाईंले यौनसम्पर्कमा केटीसाथीलाई पीडा हुने कुरा गर्नुभएको छ त्यसैले महिलालाई यौन सम्पर्कका बेलामा हुने पीडाका सन्दर्भमा पनि केही चर्चा गरौं । महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुन सक्छ । यसका पनि दर्जनौं शारिरीक कारण हुन सक्छन् भने मानसिक कारण पनि त्यति नै । यौनसम्पर्क पीडा युक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसैगरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् । अन्य शारीरिक कारणमा योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुनसक्छ । त्यसैगरी भगाङ्कुरको संक्रमण वा शोथमा पनि यौन सम्पर्क फीडा युक्त हुनसक्छ । योनिद्वार वा द्यबचतजयष्लिुक न्बिलम को संत्रमण पनि दुखाइको कारण हुनसक्छ । मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि महिलाका लागि यौनसम्पर्क पीडादायक हुनसक्छ । योनिको संक्रमण वा कुनै रसायनका कारणले शोथ भएको छ भने पनि पीडा हुने नै भयो । त्यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा अन्य खराबी पनि यौन सम्पर्क गर्दा दुख्ने कारण बन्न सक्छ ।
अर्को एउटा महत्वपूर्ण कारण योनिको मांसफेशी कडा हुनु हो । अंग्रेजीमा यस किसिमको अवस्थालार्ई ख्बनष्लष्कmगक भनिन्छ । धेरैजसो अवस्थामा भय वा डर नै यसको कारण बनेको हुन्छ । कतिपय भावनात्मक कुराले यसलाई सुरुवात गर्न सक्छ, जस्तै कि दुख्ने वा गर्भ बस्ने भय, चिन्ता, ग्लानी, सम्बन्धमा भएको समस्या, बलात्कारजस्ता पीडायुक्त घटनाको अनुभूति । कसरी मानसिक समस्याले यौनसम्पर्कमा पीडाको समस्या निम्त्याउँछ यकिनका साथ भन्न गाह्रो छ तर पहिलो यौनसम्पर्क शारीरिक तथा मानसिक रुपमा पीडादायक भएको स्थितिमा लामो समयसम्म त्यसको असर रहन सक्छ । यस्तो यौनसम्पर्कमा पीडा केही असजिलोदेखि लिएर अति नै कडा किसिमको पनि हुनसक्छ ।
यौन सम्पर्क र बेहोस हुने समस्या
सामान्यतः यस्तो नहुने भए पनि कसै–कसैले यौन सम्पर्कका दौरान अल्पकालीन बहोसीको अनुभव गर्न सक्छन् । यौन उत्तेजित हुँदा मुटु तथा सासको गति तीव्र हुन्छ । विशेष गरी सासको गति चाँडो–चाँडो अर्थात् जथउभचखभलतष्बितष्यल हुँदा कार्बनडाईअक्साईड र अक्सिजनको सन्तुलनमा गडबडी आउन सक्छ र त्यसले रिँगटा लाग्नेदेखि बेहोस हुने स्थितिसम्म ल्याउन सक्छ । हामीले माथि नै चर्चा गरेको खबकयखबनब िकथलअयउभ देखि बाहेक एउटा अर्को अवस्था छ, जसमा विशेष मुटुमा आवश्यक मात्रामा रगत मुटुमा फर्कन नसक्दा बेहोस हुने स्थिति आउन सक्छ जसलाई हामी उयकतगचब ियचतजयकतबतष्अ तबअजथअबचमष्ब कथलमचयmभ भन्छौं । यौनसम्पर्क गर्दा अति नै चाँडो यौन आसन परिवर्तन गरिएको स्थितिमा यस्तो हुनसक्छ, जसमा अति उत्तेजनाका साथै मुटुको तीव्र गति पनि कारकका रूपमा सामेल हुन्छ ।
अर्को स्थिति जसमा शारीरिक फरिश्रम युक्त त्रियाकलाप सकिएपछि मुटुको गति कम भए पनि मांसपेशीमा भएका रक्त नसा पुरानै नखुम्चिएको अवस्थामा रह्यो भने रक्तचाप अकस्मात कम हुनसक्छ र व्यक्तिले अल्पकालीन बेहोसीको अनुझव गर्न सक्छ, जसलाई हामी बदमयmष्लब िजभबचत चजथतजm भन्छौं । यस्तो अन्य शारीरिक क्रियाकलापका साथै यौन क्रियाकलापको सन्दर्भमा पनि हुन सक्छ ।
तपाईंकी केटी साथीलाई के भएको होला रु
हामीले यौन सम्पर्कमा पीडा अनि अल्पकालिन बेहोसीको चर्चा गरिसक्यौं । यसबाट के भएको होला भन्ने अनुमान गर्नुभयो होला नै । तर यो पनि पक्कै बुझ्नु भयो होला कि तपार्इंले दिनु भएको सीमित जानकारीमा यो एउटा स्वास्थ्य समस्या हो भन्न सकिए पनि त्यो के कारणले भएको हो भन्न सकिने स्थिति छैन । यौन सम्पर्कबाहेक पनि तपाईंकी केटीसाथीलाई यस्तो किसिमको बेहोस हुने र दाँत बाँध्ने समस्या पहिलेदेखि नै थियो कि थिएन रु यो यौन सम्पर्कले बल्झाएको मात्र पनि हुनसक्छ । किनभने विवाहपूर्वको यौन सम्पर्क निकै तनावपूर्ण हुन्छ । त्यसबाहेक तपाईंले विचार गर्नुपर्ने अर्को कुरा के पनि हो भने कतै मुटु वा मस्तिष्कमा केही समस्या छ कि रु सम्पूर्ण परीक्षण गराउन चिकित्सकसँग सम्पर्क राख्नु नै बेस हुन्छ । डा.राजेन्द्र भद्राले कान्तिपुरको साप्ताहिकमा लेख्नु भएको छ !