१३ यात्रुसहित हरायो वायुसेनाको विमान हरायो

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २१ २०७६
  • तामाकोशी

नयाँदिल्ली स् भारतीय वायुसेनाको विमान सोमबार दिउसोदेखि सम्पर्कविहीन भएको छ । ८ जना ‘क्रु मेम्बर’सहित १३ जना चढेको एएन ३२ विमान दिउसो स्थानीय समयअनुसार १ बजेदेखि सम्पर्कमा नआएको बताइएको छ ।

आसामबाट अरुणाञ्चलका लागि उडेको उक्त विमान चीनको सीमाक्षेत्रमा हराएको हुनसक्ने आशंका गरिएको छ । अहिले उक्त विमान खोजीका लागि अन्य आठवटा विमान खटाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।