एक घन्टामा करोडपति बने राजिब जैन

  • प्रकाशित मिति: आइतबार, बैशाख २९ २०७६
  • तामाकोशी

२९ बैशाख/ को बन्छ करोडपतिमा मोरङका राजीब जैनले सर्वाधि रकम जित्न सफल भएका छन् । शनिबार एपिवान टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिमा उनले १३ प्रश्नको उत्तर मिलाउदै २५ लाख जित्न सफल भएका थिए आज प्रशारण भएको कार्यक्रममा २ प्रश्नको सामना गर्दै १ करोडको चेक हात पारेका छन् ।

को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति उनी नै बन्ने घोषणा बारे एसआरविएन मिडिया (को बन्छ करोडपति) परिवारले प्रोमो सहितको प्रेस वक्तव्य जारी फाईनल राउण्ड भन्दा पहिले नै गरिसकेका थिए ।



विश्वकै प्रख्यात टेलिभिजन रियालिटि शो को बन्छ करोडपतिको ४१ औं श्रृखलामा उनले भाग लिएका थिए । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ ।