मन्थलीको सानीमदौमा शहरी स्वास्थ्य केन्द्र संचालन

  • प्रकाशित मिति: सोमबार, बैशाख १६ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख १६ गते,
रामेछाप जिल्लाको मन्थली नरपालिका वडा नम्बर १ को सानीमदौमा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । शहरी स्वास्थ्य केन्द्रको सोमबार एक कार्यक्रमकाबिच वडा नम्बर १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
नेपालको संविधान २०७२ ले नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापीत गरेकाले सोहि अनुरुप अत्यावश्मयक स्वास्थ्य सेवा समुदायको पहँुचमा पुर्याउनका लागि शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशराज फुयालले जानकारी दिए ।
एकजना अहेव , एकजना अनमी र एक कार्यालय सहयोगी सहित तीन जना कर्मचारी मार्फत प्रतिकारात्म , प्रवर्धनात्मक , उपचारात्मक सेवाहरु प्रवाहा हुनेछ । शहरी स्वास्थ्य केन्द्र उद्घाटन गर्दै वडाध्यक्ष श्रेष्ठले स्वास्थ्य केन्द्रको निरन्तरताका लागि खानेपानी लगाएत भौतिक संरचना निर्माणमा सहयोग गर्ने बताए ।
कार्यक्रममा मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयाल , सहिद स्मृती बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख गुन्ज बहादुर श्रेष्ठ र मन्थली माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहाल लगाएतको सहभागिता रहेको थियो । शहरी स्वास्थ्य केन्द्र संचालनमा आएसंग अत्यावश्यक स्वास्थ्य सेवा लिन सजिलो हुने भन्दै स्थानीयहरु हर्शित भएका छन् । शहरी स्वास्थ्य केन्द्रमा नेपाल सरकारले निुल्क गरेको ३५ थरीका औषधी उपलव्ध हुनेछ ।