मन्थली क्याम्पसमा विजयी स्ववियु पदाधिकारीलाई नेविसंघको सम्मान

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २३ २०७३
  • तामाकोसी खबर

रामेछाप । फागुन २३ गते,
मन्थली सहिद स्मृति वहुमूखी क्याम्पसको नवनिर्वार्चित स्ववियु पदाधिकारीलाई आईतबार मन्थलीमा सम्मान गरिएको छ । नेपाल विद्यार्थी संघ मन्थली सहिद स्मृति बहुमुखी क्यम्पस इकाईले सम्मान कार्यक्रमको आयोजना गरी स्ववियुमा विजयि पदाधिकारीहरुलाई सम्मान गरेको हो  ।
नेपाल विद्यार्थी संघ इकाई रामेछापका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता भहेको कार्यक्रममा तरुणदलका जिल्ला सभापति काजिबहादुर खड्का दिनेशको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा  नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष सुशिल बख्रेलको विशेष आतिथ्यता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै  प्रमुख अतिथि खड्काले नवनिर्वाचि पदाधिकारी लाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।


उनले जुन सङ्गठनले जिते पनि विद्यार्थीको हक हितमा काम गर्नुपर्ने बताए । शैक्षिक क्षेत्रको विकासमा सबै विद्यार्थी सङ्गठन एक भएर लाग्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा नवनिर्वाचित स्ववियु सभापति कपिल मगरले विद्यार्थीको शैक्षिक गुणस्तर विकासमा  प्रतिवद्ध भएर लाग्ने बताए । अनेरास्ववियुको तर्फबाट विजयी मगरले सबैको साथ र सहयोगले विद्यार्थीको चौतर्फी विकास हुने  बताए ।
फागुन १८ गते भएको स्ववियु निर्वाचनमा मन्थली क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले सभापति सहित ६ सिट, कांग्रेस निकट नेपाल विद्यार्थी संघले सचिव सहित ३ सिटमा विजय प्राप्त गरेको छ । यसै बिच ओखलढुँगाको सदरमुकामस्थित ओखलढुंगा क्याम्पसको स्ववियु सभापतीमा अनेरास्ववियुका जीवन कुमार कटुवाल बिजयी भएका छन् ।
शनिबार भएको निर्वाचनामा कटुवालले नेपाल विद्यार्थी संघका हरिचन्द्र श्रेष्ठ, क्रान्तिकारीका वसन्त कटुवाल र संघीय समाजवदीका आसामाया राईलाई हराउँदै बिजयी भएका हुन् । ३ सय ५१ जना विद्यार्थीले मतदान गरेकोमा सभापतिमा विजयी कटुवाले १ सय ४२ र पराजित श्रेष्ठले १ सय ३८, वसन्त कटुवाले ३५ र आसामाया राईले जम्ममा १९ मत ल्याएका छन् ।




निर्वाचनमा अनेरास्ववियुले सभापति सहित ७ र नेविसंघले सचिव सहित २ सिटमा जित हासील गरेको छ । समानुपातीक तर्फबाट भने ६ जनामध्ये ३ अनेरास्वयु, २ नेविसंघ र १ मा अखिल क्रान्तिकारीले जितेको छ ।