काठमाडौं-नेपाली लोकदोहोरी क्षेत्रकि चर्चित मोडल ३ करोड नेपालि ताकी गीतसंगीतका पारखीहरुकि ढुकढुकी सारिका केसी र नेपालि गीतसंगीत र संचारको क्षेत्रमा कतिबद्द लागेका चर्चित संचारकर्मी कमल सरगम(चौलागाई)ले आफ्नो जन्म दिन एकीकृत शिर्जनसिल समाज नेपालको कार्यालयमा ४५ जना अनाथ बालबालिकाको साथमा रहेर भब्य रुपमा मनाएका छन ।
कलाकार,साथीभाईसंग भन्दा पनि सामाजिक सेवा तथा अनाथ बालबालिकाको हेरचाह र केहि रकम दिएर सारिका केसी र कमल सरगमले जन्म दिन मनाएका हुन् । जन्म दिनकै दिन कमल सरगमले आज धुर्मुश सुन्तली फाउन्डेसनलाई किर्केट रंगशाल निर्माणको लागि दश हजार(१०,०००) रकम सहयोग गरेका छन् । परिवारसंग भन्दा अनाथ बालबालिकासंग,पिडित गरिब दिनादुखिसंग बढी घुलमिल हुने रुचाउने यी दुई सेलिब्रेटीले आफ्नो जिन्दगी नै फरक रहेको प्रष्ट पारे ।
केसी र सरगमले जन्म दिनमा केक काट्न मात्र न भएर अनाथ बालबालिकासंग घुलमिल हुदै केहि आर्थिक सहयोग र केहि रासनपानी सहित एकीकृत शिर्जनसिल समाज नेपाल अनाथालय पुगे थिए । यस सस्थाका इन्चार्ज भिम कुमार रोका मगर(बाजे) र जुना पुन मगर(आमा)ले पालेका बालबालिकालाई सारिका केसी र कमल सरगमले सहयोग गरेका छन् । एकीकृत शिर्जनसिल समाज नेपालले दन्दपिडित,भूकम्प पिडित बालबालिकालाई हेरचाह तथा स्याहारसुसार गर्दै आएको छ । सारिका केसी र कमल सरगमसंगको कुराकानी हेर्नुहोस :
हेर्बुहोस भिडियो :
https://youtu.be/5NBnzwfMeag