रघुवीर महासेठले गरे एक्कासि आक्रमण प्रचण्ड,माधव नेपाल, बामदेव, भिम रावल, विप्लव र सिके राउतलाई पर्र्यो आपत

  • प्रकाशित मिति: बिहिबार, चैत्र ७ २०७५
  • तामाकोशी

चैत ७ – काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नै दल नेकपाका नेता भीम रावललाई कडा चेतावनी दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम “जनता जान्न चाहन्छन्मा” ऋषि धमलासँग कुरा गर्दै मन्त्री रघुवीर महासेठले पछिल्लो समय नेता रावलले सरकारविरुद्ध बोल्दै हिँडेकोमा आपत्ती जनाएका हुन् ।

महासेठले रावलले सरकारको विरोध गरेर आफ्नो हैसियत आफैँ गिराएकोसमेत बताए । अहिलेको परिस्थीमा सरकारको विरोध गर्न आवश्यक नरहेको महासेठको ठहर छ ।



सरकारले राम्रो काम गर्दा पनि रावलले विरोध गरेकोमा महासेठले आपत्ती जनाएका हुन् । रावलको पार्टीभित्र ठूलो हैसियतसमेत नभएको महासेठले बताए । यसैगरी पार्टी र सरकारविरुद्ध बोल्दै गए पार्टीले काराबाही गर्ने चेतावनीसमेत महासेठले दिएका छन् ।