काठमाडौं-नेपाली लोक दोहोरी क्षेत्रका एक क्रियासिल निर्देसक शिब बिकको निर्देसनमा आकाश दर्पण क्रिसनको प्रस्तुति शोभाखर पन्थ र दिपक परियारको अर्को मार्मिक रोईला गित‘गुल्मी’ सार्वजनिक भएको छ। गीतमा गायिका दिपक परियार र स्वस्तिका पन्थीको आवाज रहेको छ भने उक्त लोक गीत भित्र शब्द प्रेम राज खरेल र दिपक परियार र दिपक परियारको उत्कृष्ट लय रहेको छ।
आकाश दर्पण क्रिसनको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आएको उक्त गीतमा अभिनय भने पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको रहेको छ। शिब बिकको निर्देशन रहेको म्युजिक भिडियोमा बिजय पोख्ररेलको छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले गितलाई सम्पादन गरेका हुन् । लोक गीतको खडेरी रहिरहेको अबस्थामा उक्त गीतको कथाले थप लोक गीतलाई उचाईमा पुर्याउनेमा पक्का रहेको छ।
हेरौ भिडियो :