लामो समय पछी चर्चित डेउडा गायिका हरिना साउद र महेन्द्र बिकले गाए मौलिक डेउडा “झल्का लाउन्या होइकि”गीतको यति धेरै चर्चा

  • प्रकाशित मिति: शनिबार, फाल्गुन २५ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । आर.एस फिल्मसको प्रस्तुति महेन्द्र बिकको मौलिक लोक डेउडा गित”झल्का लाउन्या होइकि”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक स्वयम महेन्द्र बिकको लय तथा उत्कृष्ट शब्द सृजना रहेको उक्त गितमा महेन्द्र बिक र चर्चित गायिका हरिना साउदले सुमधुर स्वर दिनु भएको छ । गायक बिकले डेउडा गीतबाट सुदूरपश्चिममा पहिलो पटक संचालन खप्तड एफ.एमले आयोजना गरेको डेउडा अवार्ड कार्यक्रममा उत्क्रष्ट डेउडा गायकको अवार्ड हात पारेका थिए ।



गायक महेन्द्र बिक बिगत लामो समय देखी सक्रिय डेउडा गायक हुन् । महेन्द्र विकका जतिपनि गीत संगीत नेपालि बजारमा आएका छन् सवै उतिकै चर्चित र मर्मस्पर्सी छन् । नेपालि मन मुटुमा भिजेका महेन्द्र बिक र हरिना साउदले धेरै पछी यो गित नेपालि गीतसंगीतको बजारमा ल्याउदा केहि नौलो आयम भने पक्कै थपिएको छ । हरिना साउद डेउडा गीतको लागि चर्चित तथा वरिष्ट गायिका हुन् । साउदले जति पनि गीतमा स्वर दिनु भएको छ सवै गित उतिकै चर्चित नै छन् । गायक भन्नु हुन्छ :आम दर्शक स्रोतालाई म क्षमा चाहान्छु कामको शिलशिलामा म बिचमा गित ल्याउन केहि ढिलो भएको छ र सुदूरपश्चिमको डेउडा गीतसंगीतको सरक्षण तथा सम्बर्दनमा लागि म जहिले लागि रहने छु । पछिल्लो समय डेउडा गीतमा अलिकता विकृति आएको छ । ठेट डेउडा शब्दलाई बंग्याएर बिभिन्न गीतहरु नेपालि गितसगीतको बजारमा आएका छन् । यस्तै तरिकाले जाने हो भने कतै मौलिक डेउडा गित र मौलिक सस्कृति ओरालो त् लाग्ने हैन । आशाबादी छु मौलिक सृजना र मौलिक सस्कृति बचाउनको लागि म लाग्छु र लागिरहने छु ।

रमेश बिजुली बिसीले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई सोनु बिकले छायांकन तथा भिडियो सम्पादन गरेका छन् भने यस म्युजिक भिडियोमा सविता सुनार,प्रविन बिक र शितल तिरुवाको अभिनय रहेको छ । यस गितलाई विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।आश छ यो गीतले पनि बिगतका गीता झैँ चर्चा कमाउने छ । बधाई छ यो यिताका सम्पूर्ण टिमलाई ।
हेर्नुहोस भिडियो :