लोक गायक मोहन खड्काले राति-राति सुन्तलीलाई बोलाए पछि… भाइरल (भिडियो सहित)

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १४ २०७५
  • तामाकोशी

काठमाडौं । लोक गायक मोहन खड्काले राति-राति सुन्तलीलाई बोलाए पछि एक खालको तरंग सिर्जना भएको छ । माया लुकिछिपी लाउनु नै बास्तविक स्वाद पाउने भएपछि गायक खड्काले पनि दिउसो भन्दा राति भेटम् भन्दै दोहोरी गित मार्फद उक्त अनुरोध गरेको हो ।

भर्खरै नेपाली संगितको बजारमा सार्वजनिक गरेको गिति एल्वम सुन्तलीमा सुन्तली संग मायाको अनय विनय सुन्न सकिन्छ । लोकदोहरी गित सुन्तलीको म्यूजिक भिडियोले यूट्वमा पनि राम्रै दर्शक स्रोता कमाउन सफल भएको छ ।



प्रबिन थापाको निर्देशनमा म्यूजिक भिडियो बजारमा आएको हो भने शक्ति प्रज्जवल घिमिरेको छायाकँन तथा सम्पादनमा तयार पारिएको हो  ।

उक्त म्यूजिक भिडियोमा करिस्मा ढकाल र रामचन्द्र बोहोराले अभिनय गरेका छन् । गायक मोहन खड्काको लय र शब्द सिर्जना रहेको उक्त गीतमा कमला खड्काले समेत स्वर दिएकी छन् । मेलमिलाप डिजिटल म्यूजिक प्रा. लि. को ब्यानरमा उक्त गीत बजारमा आएको हो । (भिडियो सहित)