१० कक्षा पढ्दापढ्दै बजारमा बिकेकी मोडल झरना बोहोरा (फोटो फिचर)

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ५ २०७५
  • तामाकोशी

काठमाडौं – छोटो समयमा निकै चर्चा कमाउन सफल भएको नाम हो मोडल तथा डान्सर झरना बोहोरा । अछाम जिल्ला वैजिनाथ कुसुमघाट जन्मिएकी बोहोरा नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय कहलिएको नाम हो झरना बोहोरा । नेपाली लोकगित,लोक डेउडा गीतको क्षेत्रमा पछिल्लो समय झरना बोहोरा नौलो नाम होइन । लोकदोहोरी भन्दा पनि सुदूरपश्चिमको डेउडा क्षेत्रमा उनको नाम नसुन्ने र नचिन्ने बिरलै होलान् । भर्खरै मात्र १० मा अध्यायन गरिरहेको बोहोरा यतिखेर अझ चचिर्त बन्दैछन् । देश तथा विदेश जहाँ रहे पनि नेपालि आमदर्शक तथा श्रोताहरुले आफूलाई अपार माया गरेको र त्यहि मायाले आफूलाई यस क्षेत्रमा स्थापित बनाएको बताउँछिन ।

झरना बोहोरा बिगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर संघर्ष गरिरहेकी छन । बोहोराको औपचारिक सांगीतिक यात्रा भने दुई वर्ष अगाडि देखि मात्रै आरम्भ भएको हो । झरना बोहोरा सानै देखिनै कला क्षेत्र लाई माया गर्ने बोहोरा आज भोली उनलाई निकै कार्यकर्म हरुको निम्तो आउने गर्छ । दुख सुखमा हुर्केकी मोडल झरनालाई घरबाट भने त्यति धेरै  साथ सपोर्ट मिलेको छ । झरना बोहोरा भाबुक हुदै भनिन :“आमाबुवा,अंकल आन्टीको घरबाट यदि साथ सहयोग नभएको भए सायद मेरा रहर मन भित्र बाधेर राखेकि हुन्थे होला । मलाई पढाउनु मात्रै भएन रंगिन दुनियामा पनि बाच्न सिकाउनु भयो । संगै मेरा अननिया आदरणीय व्यक्ति साथि भाईहरुबाट पनि उतिकै साथ् सहयोग पाएकी छ । हिडदा खुट्टामा ठेस लाग्नु छुट्टै कुरा हो ।”

देशका बिभिन्न ठाउमा आफ्नो प्रतिभा देखाई सकेकी बोहोरा यो समयमा भने नेपालको बिभिन्न कार्यकर्महरुमा कुदीरहेकी छिन । धेरै भन्दा धेरै म्युजिक भिडियोहरुमा समेत आफ्नो कला देखाई सकेकी बोहोराको भिडियोहरु केही बजारमा रिलिज भई सकेको छन र केही भने रिलिज हुन बाँकी छ । उनले लोकदोहोरी, आधुनिक, डिजे पप लगायतका सबै खाले गीतमा अभिनय गरि सकेकी छन् । “सातो सारी लरकै पारी,साली मार्दी सिट्टी,काहा छै लाल परिवा,जान्छु प्यारी बम्बै,मु आया पिरती लाउन लगायतका गीतमा उनले अभियन गरिसकेकी छन । उनले सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न ठाउमा आफ्नो प्रस्तुति देखाई सकेकी छन ।

सुन्दर मुहार,हसिलो कसिलो जिउ डाल भएकी बोहोरा सांगिति क्षेत्रमा होमिएकि उनको सांगितीक क्षेत्रप्रति सानै देखि रुची थियो । सानै उमेरदेखि गीत, संगीतमा रमाउने उनी स्कुल देखि नै विभिन्न सांस्कृति कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाउने गर्थिन । आजभोली भने म्यूजिक भिडियो सँगसँगै स्टेज कार्यक्रमहरुमा पनि उनले पर्फमेन्स दिने गरेकि छन् । आफ्नो अभियन यात्रालाई थप उचाइमा पुर्याउन मगर रातदिन खटेर अहिले पनि कामलाई समेत निरन्तरता दिदै अहोरात्र मेहनत गरिरहेकि छन् ।

अप्सरा खरेल अनि शंकर श्रेष्ठको स्वरमा सजिएको सृजन बरालले निर्देशन गरको तिज गीत”सातो सारी लरकै पारी” गितको म्युजिक भिडियोबाट डेब्यु गरेकी बोहोराले अहिलेसम्म दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन । आफ्नै धारमा टेकेर अघि बढीरहेकी बोहोरा भने अहिलेसम्म मिडियामा आएकी छैनन् । यति संघर्ष गरेर यतिका दर्जनौं म्युजिक भिडियोमा अभिनय गरे पनि अझै स्थापित हुन भने सकेकी छैनन । किन ? चर्चामा आउन सक्नु भएन भनेर सोध्दा यसै विषयमा अन्लाईनसंग कुरा गर्दै बोहोराले “मलाई यति चाडैं सस्तो लोकप्रियता कमाउन छैन । जति मैले संगीतमा साधना त्याग तपस्या गर्नु पर्ने हो त्यो समय अझै दिन सकेकी छैन त्यही भएर पनि म पछि परेको जस्तो मलाई अनुभुती हुन्छ । अर्को कुरा नेपालि लोकगित संगित हेर्दा जति रमाइलो छ भित्री रुप त्यसको सय गुना फोहोरी पनि छ । निस्वार्थ भन्दा पनि स्वार्थका भुत पालेर बसेका धेरै भेटिन्छन् । कहि कतै त्यसको प्रभाव राम्रा ब्यक्तिलाई नि परेको छ । सवै नराम्रो पनि छैनन् राम्रा पनि छन ।



संगितको कुनै पनि क्षेत्र भित्र पस्न खोज्दा गिद्दे नजर लगाउने धेरै छन । मेलामहत्सवमा बोलाउदा पनि राम्रा भन्दा पनि हाम्रालाई अलि बढी हेर्ने गर्छन । हामि जस्ता नया कलाकार त् पिडित छन् । ताकी यस्तो कुराले म मात्रै होइन म जस्ता धेरै कलाकारहरु अझै उठन सकेका छैन । चर्चित सबै कलाकारलाई नराम्रो भने मैले भनेकी हैन । आयोजक सवै नराम्रा भने होइन राम्रा पनि छन । समय अनुसार चिन्ह सक्यो र काम गर्न सक्यो भने सफलता एक न एक दिन अवश्य आउँछ भन्ने कुरामा म विश्वस्त छु । कला क्षेत्रमा लागेर आफ्नो देश नेपाललाई संसार भरी चिनाउन चाहान्छु । रिपोर्ट तयार : चक्र साउद आर.सी.