राजेन्द्र शाह बि.पिको उत्कृष्ट लय गायिका शोभा थापा र दल सिंह रोकायको स्वरमा तथा दल सिंह रोकाय शब्दमा “जुम्लाको छोर्‍याट्टो “गीतको म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मिति: मंगलबार, माघ ८ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । विशेष फिल्मसको प्रस्तुति दल सिंह रोकायको “जुम्लाको छोर्‍याट्टो “डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मौलिक डेउडा सृजनामा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाइसकेकी गायिका सोभा थापा र युवा उदयमान गायक दल सिंह रोकायको सुमधुर आवाज रहेको छ । दर्जनौ गितमा स्वर भरिसकेकी गायिका थापा यतिबेला दिन प्रतिदिन चर्चाको सिखरमा चुलिदैछन ।



संगितकार तथा गितकार राजेन्द्र शाहको लय तथा दल सिंह रोकायको उत्कृष्ट शब्द सृजना रहेको उक्त्त गितको म्युजिक भिडियो निर्देशन सुदुरपश्चिममा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल कुशल चर्चित निर्देशक भिम थापाले गर्नुभएको छ । विशेष फिल्मसका सञ्चालक तथा संगितकार विजय थापाले संगित संयोजन गरेको उक्त्त गितको छायांकन चक्र बराल(बासु)ले गरेका हुन भने सम्पादन प्रबिन रश्मि मगरले गरेका छन । दुखी रोकाय र ऋचा भण्डारीको दमदार अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । आशा छ यो गितले पनि बिगतका गित जस्तै आम दर्शक स्रोताले माया गरिदिनुहुनेछ । यस गितका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :