पुर्व उपप्रधानमन्त्री तथा नेकपाका प्रभावशाली नेता भिम रावलले नेपाल आइडल रविको लागि गीत लेख्ने बताएका छन् । माघेसंक्रान्तिको अवसरमा बैधनाथधाममा आयोजित कार्यक्रममा आयोजित अभिनन्दनको लागि अछाम पुगेका रविलाई स्वागत कार्यक्रममा नेता रावलले आफुले २ ओटा गीत लेखेर दिने मन लागेको बताएका हुन् । उनले एउटा देशप्रेम झल्किने र अर्को आफ्नै अछामी भाषाको साहित्यिक रस भएको गीत लेखेर दिने बताएका हुन् ।
रविको पुर्ख्यौली तथा आफ्नो गृहजिल्ला अछाममै आयोजित स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै नेता रावलले रविको प्रतिभाको खुलेर तारिफ गरेका थिए । रविभित्रको गायन क्षमताले आफ्नो ध्यानकेन्द्रीत् गरेको भन्दै रावलले यस्तो प्रस्ताव गरेका हुन् । एउटा रवि नेपाल आइडल बन्न सक्छ अरुले पनि अन्य क्षेत्रमा यसरीनै सफलता हासील गर्न सक्ने उनले बताए । आफ्नो क्षेतरबाट होनहार प्रतिभा जन्मिएकोमा आफुलाई खुसि लागेको र आफुलाई निकै गर्व लागेको भन्दै आफुलाई रवि ओडको स्वर र प्रस्तुतिले राष्ट्रिय स्तरमा जन्म सक्ने क्षमता रहेको समेत उल्लेख गरेका थिए ।
नेपाल आइडडल सिजन–२ का विजेता बनेका रवि ओड अहिले देश विदेशमा भइरहेका विभिन्न कार्यक्रममा व्यस्त रहेका छन् । उनी देश तथा विदेश भ्रमणमा निकै व्यस्त रहेका हुन् । आइडल घोषितसँगै विभिन्न क्षेत्रबाट उनलाई हौसलासँगै प्रस्ताव आइरहेको पनि छन् । रविलाई यतिबेला विभिन्न ठाउबाट सम्मान कार्यक्रम समेत भैरहेका छन् । रविलाई सुदुरपश्चिमको प्रदेश सरकारले नै स्वागत तथा सम्मान कार्यक्रम गरिसकेको छ भने अछाममा भव्य अभिनन्दन कार्यक्रम समेत गरोएको छ ।
भिडियो
https://youtu.be/hzVAbblqtsQ