यति ठुलो चाहाना विपना श्रेष्ठको ? के पुरा होलान त् सपना ?

  • प्रकाशित मिति: मंगलबार, पुष २४ २०७५
  • तामाकोशी

काठमाडौं । कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भबिष्य सम्झेर मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन बिपना श्रेष्ठ । मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन र सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल बिपना श्रेष्ठ क्रियाशिल बनेकी छिन् ।

प्युठान जन्मथलो भएर बिगत २ बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाउदै आफ्नो रोजगारीसंगै मोडलिङमा निरन्तरता दिदै आएकी बिपना अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन । नृत्य र अभिनयमा अब्बल बिपना सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी भित्रको आकर्षण हो । करिब १ दर्जन म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी विपनाले र्याम शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छिन । भर्खर मात्रै २३ औं बसन्तमा प्रवेश गरेकी बिपना हेर्दा आकर्षित छिन, हासी रहने शालीन स्वभावकी मोडल म्युजिक भिडियो, टेलिचलचित्र तथा फिल्ममा अफर आएमा अभिनय गर्ने सोचमा छिन ।