काठमाडौ – सुदूरपश्चिमको कला, संस्कृति र सभ्यता झल्काउने फरक शैलीको दुर सुदुरका मौलिक कला संस्कृति,आफ्नै गाउँ परिबेशका मौलिक भाकाको सधै जग्रेना गर्नु पर्छ । हाम्रो रिति कहिले बिर्सन्नु हुन्न । संसारको जुनसुकै ठाँउमा रहे पनि आफ्नो कला संस्कृतिको पहिचान गर्नु पर्छ ताकी आउने नयाँ पिडिले पनि गर्भका साथ भनोस मेरो मौलिक संस्कृति म बचाउछु ।
यो मेरो कर्तव्य हो भन्ने वातावरणको सृजना गर्नु पर्छ भन्दै अगाडि बढेकी गायिका तथा सञ्चारकर्मी चादनी मल्लको एक अर्को मौलिक डेउडा गित सार्वजनिक गरेकी छन । सुदुरपश्चिममाञ्चल लोक संस्कृति संरक्षण मञ्च नेपालको प्रस्तुति गायिका तथा सञ्चारकर्मी चादनी मल्ल ठकुरीको “न जा सुवा दुर”डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली राजनीतिमा दख्खल अनुभव बटुलेका सवैका सर्वपृय तथा समाजसेवी झपट रावल र संगितकार तथा गितकार राजेन्द्र शाह वि.पि.को संयुक्त शब्द सृजना रहेको छ । लय भने राजेन्द्र शाह वि.पि.ले गर्नु भएको छ । जसमा राजेन्द्र बाजुराली गायक तथा सञ्चारकर्मी शंकर सिंह विष्ट र गायिका चादनी मल्लको सुमधुर आवाज रहेको छ । भिम थापाको निर्देशन रहेको यस म्युजिक भिडियोलाई हरिश महराले छायांकन गरेका छन भने भिडियो सम्पादन विरेन्द्र भाट”विपिन”ले गर्नु भएको छ । म्युजिक भिडियोमा गायिका स्वयंम चादनी मल्ल ठकुरी र गायक शंकर सिंह बिष्टले अभिनय गरेका छन ।
गायक शंकर सिंह बिष्ट भन्नुहुन्छ :सुदूरपश्चिम क्षेत्रको पर्यटनलाई ध्यानमा राखी आफ्नै भेषभुसा र सस्कृती समेट्ने कोसिस गरेका छौ । भनिन्छ गित संगत नै एउटा यस्तो माध्यम हो जसले कुनै पनि एउटा समुदायको सस्कृति झल्काउन निकै राम्रो टेवा पुराएको हुन्छ । देउडा भनेको नेपालको सुधुरपश्चिमी र मध्यपश्चिम भेगतिर गाईने निकै चर्चित भाका हो, यसले सुदुरपश्चिमको सास्कृतिक माहोल र सस्कृति झल्काउछ । देउडा भाका विशेष गरि चाड पर्व र बिभिन्न महत्वपूर्ण कार्यक्रममा आफ्नो सस्कृति झल्काउन गाईने र नाच देखाउने गरिन्छ । देउडा गित सुदुर पश्चिमका ९ ओटै जिल्ला र मध्यपश्चिमका दैलेख कालिकोट, जुम्ला,हुम्ला लगाएतका स्थानमा निकै उत्साहित रुपमा महिला र पुरुष मिलेर गाईने भाका हो ।
यो गित तयार गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहाछौ । यस गितलाई चादनी मल्लको आफ्नै प्रईभेट युटुब च्यानलबाट बजार ब्यवस्थापन गरेको छ ।
हेर्नुहोस भिडियो :
सञ्चारकर्मी तथा डेउडा गायिका चादनी मल्ल र पति शंकर सिंह बिष्टको चल्यो रुवाबासी,हेर्नुहोस भिडियो
- प्रकाशित मिति: शुक्रबार, पुष २० २०७५
- तामाकोशी