नागरिकपत्र संबाददाता
बेसीशहर, पौष २६ गते ।
उत्तरी लमजुको खुदी स्थित अमर माध्यामिक बिद्यालयको स्वर्ण महोत्सव मनाउने सन्र्दभमा एमालेको एकलौटी र नेपाली काँग्रेसमाथी गरीएको दुब्र्यबहार प्रति नेपाली काँग्रेसका सभापतिहरुले आपत्ती जनाएका छन् । नेपाली काँग्रेस खुदी, सिम्पानी र भुलुभुले गाउँ कार्य समितिले मंगलवार एक बिज्ञप्ती निकालेर सो घटनाको बिरोध गरेका हुन् ।
‘स्कुलजस्तो पबित्र संस्थामा एकलौटी राजनीति गरेर कसैलाई काखा र कसैलाई पाखा गरीएको घटना प्रति हामीलाई निकै दुःख लागेको छ, नेपाली काँग्रेस सिम्पानीका सभापति बाबुराम भण्डारी, खुदीका सभापति गणेश गुरुङ र भुलभुलेका सभापति कृष्णबहादुर गुरुङको संयुक्त हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ, ‘काँग्रेस पार्टीका प्रतिनिधिलाई मञ्चमा ठाउँछैन भनेर समारोहमा बस्न नदिई असहिष्णु, अलोकतान्त्रिक र असामाजिक ब्यबहारको नेपाली काँग्रेस घोर भत्र्सना गर्दछ ।’
नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुबाट बिद्यालयको स्थापना काल बिचमा पु¥याएको अतुलनीय ऐतिहाँसिक योगदानलाई कुल्चने दुष्प्रयास भएकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
नेपालको सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसको जिल्ला प्रतिनिधिलाई सहभागि नगराउने, नेपाली काँग्रेस सिम्पानी, भुलभुले र खुदीका पार्टी प्रतिनिधिलाई कहिल्यै सहभागि नगराउने यस्तो घटनाबाट नेपाली काँग्रेस अत्यन्त क्रुद्ध भएको बिज्ञप्तीमा उल्लेख छ । जनताको करबाट उठेको रकमबाट तलब खाने जिम्मेवार ब्यक्तिले अमुक पार्टीको कार्यकर्ता गोष्ठीजस्तो कार्यक्रम सञ्चालन गरेर शिक्षकको मर्यादा एबं सामाजिक मर्यादाको नैतिकता तोडेका छन् ।पार्टीहरुलाई एकबद्ध गराएर बिद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने संस्थाका प्रमुखले देखाएको यस्तो खालको चरित्रबाट बिद्यालयलाई समेत चोटपुगेको बिज्ञप्तीमा भनीएको छ ।
नेपाली काँग्रेस शैक्षिक क्षेत्रको उन्नती र प्रगतिमा सदैब लागिरहने भन्दै बिज्ञप्तीमा बिद्यालयलाई राजनीतिक थलो नबनाउन आग्रह गरीएको छ । बिद्यालयमा राजीनिती गर्दै काँग्रेस प्रति असहिष्णु र अमर्यादित ब्यबहार देखाए त्यसो प्रतिकारमा सिंगो नेपाली काँग्रेस लाग्ने चेतावनी दिइएको छ । बिज्ञप्ती प्रति नेपाली काँग्रेस घनपोखराका सभापति खिमप्रसाद गुरुङले पनि ऐक्यबद्धता जनाउनुभएको छ ।
गत पुष २५ गतेबाट शुरु गरीएको स्वर्ण महोत्सवको उद्घाटनमा समारोहमा नेपाली काँग्रेस लमजुङको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सदस्य नरबहादुर गुरुङलाई पार्टी प्रतिनिधका रुपमा पठाईएको थियो ।
स्मरणीय छ, अमर उमाबिमा शिक्षकहरु खुलेआम एमालेको राजनीति गर्दै बिद्यालयलाई एमालेको राजनीतिक थलोका रुपमा स्थापित गर्न उद्यत छन् ।
काँग्रेसको आग्रह ‘अमर माबिलाई रानीतिक थलो नबनाऊ’
- प्रकाशित मिति: मंगलबार, पुष २६ २०७३
- adsfasd